मध्यपूर्वमा तनावः कुवेतले ३ वटा अमेरिकी फाइटर जेट खसाल्यो

साइप्रस : मध्यपूर्वमा तनाव थप बढेको छ । अमेरिकाले कुवेतले आफ्ना तीन वटा स्ट्राइक इगल फाइटर जेट खसालेको बताएको छ ।

यसैबिच इरानले साइप्रसमा रहेको बेलायती रोयल एयर फोर्सको अक्रोटिरी बेसमा ड्रोन हमला गरेको छ । इरानले सोमबार मध्यपूर्वका ४ देशमा रहेका ६ अमेरिकी बेसमा समेत हमला गरेको समाचारमा उल्लेख छ ।

अमेरिकी सेनाका अनुसार कुवेतको एयरडिफेन्स प्रणालीले गल्तीले यी विमानहरूलाई दुश्मन सम्झेर निशाना बनाएको हो । उक्त दुर्घटनामा सबै अमेरिकी पाइलटहरू सुरक्षित छन् ।

अर्कोतर्फ इरानले साइप्रसमा ब्रिटिस रोयल एयर फोर्सको अक्रोटिरी बेसमा ड्रोन हमला गरेको छ । बेलायतको रक्षा मन्त्रालयका अनुसार, आइतबार राति भएको यस हमलामा बेसलाई सामान्य क्षति पुगेको छ, तर कुनै मानवीय क्षति भएको छैन । यसको जवाफमा बेलायती सेनाले कारबाही गरिरहेको छ । बेलायती प्रधानमन्त्री किर स्टारमरले इरानी मिसाइल साइटहरूमा आक्रमण गर्न अमेरिकालाई यो बेस प्रयोग गर्ने अनुमति दिएका थिए ।

इरानले ६ अमेरिकी बेसमा हमला गर्‍यो

इरानले सोमबार मध्यपूर्वका ४ देशमा रहेका ६ अमेरिकी बेसमा हमला गरेको छ । यस क्रममा कुवेतमा अमेरिकाका धेरै फाइटर जेटहरू दुर्घटना भएको जनाइएको छ । जेटहरू हावामा केहीबेर घुमेर जमिनमा खसेका थिए । यद्यपि, यसमा कुनै मानवीय क्षति भने भएको छैन ।

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »