धनगढी झडप : प्रहरीको अवस्था गम्भीर, १२ जना नियन्त्रणमा

धनगढी । धनगढी १३ कैलाली गाँउमा दुई समूहबीच भएको झडपमा दुई प्रहरी र एकजना स्थानीय घाइते भएका छन् । घाइते हुनेमा असई डबल साउद र धनगढी वडा प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक बलराम पाण्डे छन् । यस्तै, स्थानीय लोकेश खत्री पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।

गम्भीर चोट लागेका असई साउद र खत्रीको अहिले उपचार भइरहेको छ । तीनै जनालाई उपचारका लागि माया मेट्रो अस्पताल पठाइएको थियो । मंगलबार साँझ करिब ६ बजे होली मनाउने क्रममा पुरानो रिसिइबीको निहुँमा दुई टोलका युवाबीच वादविवाद भएपछि झैझगडा सुरु भएको थियो ।

स्थिति असामान्य बन्दै गएपछि कैलाली निर्वाचन क्षेत्र–५ अन्तर्गत जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुरको मतदानस्थलमा खटिएको प्रहरी टोली र धनगढीबाट थप प्रहरी परिचालन गरिएको थियो । भीड नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेकै बेला करिब तीन सय जनाको समूहले प्रहरी टोली र प्रहरी भ्यानमाथि ढुंगामुढा प्रहार गरेको थियो । ढुंगामुढाबाट प्रहरीको बिएसी ३४८० नम्बरको स्कार्पियो भ्यानको समेत सिसा फुटेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा धनगढी उप–महानगरपालिका–१३ बस्ने रामदयाल राना, राकेश सुनार, नरसिंह राना, सुनिल चौधरी र जितेन्द्र रानासहित १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । अन्य संलग्न व्यक्तिहरूको खोजतलास गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »