मध्यपूर्वमा अमेरिकी सेनाको सबैभन्दा ठूलो अखडामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रले कतारस्थित अमेरिकाको अल उदैद सैन्य बेसमा आक्रमण गरेको छ । अल उदैदमा अमेरिकी सेनाको विशाल सैन्य अखडा रहेको छ, जुन मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य बेस हो । यस आक्रमणको जानकारी मंगलबार ढिलो गरी कतारको रक्षा मन्त्रालयले दिएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानबाट कतारलाई निशाना बनाएर दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । “हवाई रक्षा प्रणालीले सफलतापूर्वक एउटा क्षेप्यास्त्रलाई बीचैमा नष्ट गरिदियो, जबकि दोस्रो क्षेप्यास्त्रले अल उदैद कतारी बेसमा निशाना बनायो यसमा कोही पनि हताहत भएका छैनन्,” विज्ञप्तिमा भनिएको छ ।

इरानले गत वर्ष भएको अमेरिकी बमबारीको जवाफमा अल उदैद बेसलाई निशाना बनाएको थियो । अल उदैदलाई मध्यपूर्वमा अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण सैन्य अखडा मानिन्छ । सामान्यतया त्यहाँ १० हजार अमेरिकी सैनिक र नागरिक कर्मचारीहरू तैनात रहन्छन् ।

मध्यपूर्वमा अमेरिकी सेनाको कमान्ड सञ्चालन पनि अल उदैद बेसबाटै गरिँदै आएको छ, जुन फ्लोरिडास्थित सेन्ट्रल कमान्डको मुख्यालयसँग जोडिएको छ । बुधबार इरानको रिभोलुसनरी गाड्र्सले मध्यपूर्वमा अमेरिकी र इजरायली ठेगानाहरूमा करिब ४० वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »