कोटी होममा पत्रकार पुडासैनीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग

 पशुपतिनाथमा आयोजित कोटी होमको अन्तिम दिन रिपोर्टिङका लागि पुगेका नेपालभ्युज डटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीमाथि कोटी होमका आयोजकले गरेको कुटपिट र लुटपाटप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण जनाएको छ । महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार मध्यरातमा पशुपतिनाथस्थित वनकालीमा पुडासैनीलाई कोटी होमको विरोधमा समाचार लेखेको भन्दै जबरजस्ती मञ्चमा लगेर अपमानजनक ढङ्गले माला लगाई दुर्व्यवहार गरिएको थियो । त्यसपछि पनि लखेट्दै कुटपिट गर्दै आफ्नो साथमा रहेका सरसामानसमेत लुटपाट गरिएको पुडासैनीले बताएका छन् । पुडासैनीका अनुसार उनको साथमा रहेको दुई तोलाको सुनको सिक्री, पर्स, लाइसेन्स, हेल्मेटसमेत लुटपाट गरिएको छ ।’

कुटपिटबाट पुडासैनी घाइते भएका छन् । कार्यक्रमको रिपोर्टिङमा पुगेका पत्रकारमाथि भएको कुटपिट र लुटपाटका घटनाले उक्त कार्यक्रमका आयोजकको आपराधिक मनोवृत्ति देखिएको विज्ञप्तिमा उल्लेख छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »