मतगणना नसकिँदै मतदाता भेटघाट अभियानमा दोलखाका पार्वत गुरुङ

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहेका बेला नेकपा (एमाले) दोलखाका उम्मेदवार पार्वत गुरुङले मतदातालाई धन्यवाद दिने अभियान सुरु गरेका छन् । 

शनिबार जिरीमा पुगेर उनले मतदाता पुगेर धन्यवाद दिन सुरु गरेका हुन् । जारी मतगणनाको पछिल्लो तथ्याङ्कमा नेता गुरुङभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल अगाडि छन् । नेता गुरुङले निर्वाचनको परिणामलाई सम्मान गर्ने र सधैँ दोलखाली जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउँदै मतदातालाई धन्यवाद दिन सुरु गरेका छन् । 

उनले निर्वाचनका क्रममा खट्ने पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक सबैप्रति आभार व्यक्त गरे ।  उनले भने, ‘जनताले व्यक्त गर्नुभएको मत लोकतन्त्रको सबैभन्दा ठुलो शक्ति हो। त्यसैले परिणाम जे आए पनि त्यो जनमतलाई हामी सम्मान गर्छौं। निर्वाचन सकिएपछि पनि म सधैँ जनतासँगै रहनेछु।’

यसैबिच स्थानीय बासिन्दाले निर्वाचनपछि मात्र नभई परिणाम आउनुअघि नै जनतामाझ पुगेर धन्यवाद व्यक्त गर्ने नेता गुरुङको पहलले जनमतप्रतिको सम्मान र जनतासँग निरन्तर सम्बन्ध कायम राख्ने सन्देश दिएको भन्दै प्रशंसा गरेका छन् ।

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »

नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा

इजरायल ।  इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार स्पष्ट रूपमा इजरायल लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने अडान सार्वजनिक गरेका छन्

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारबाहीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग

Read More »