नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा

इजरायल ।  इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार स्पष्ट रूपमा इजरायल लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने अडान सार्वजनिक गरेका छन् । अमेरिका र इरानबिचको अन्तरिम शान्ति सम्झौता अघि बढिरहेको सन्दर्भमै आएको यो अभिव्यक्तिले क्षेत्रीय तनाव अझै कायम रहेको सङ्केत दिएको छ ।

अमेरिका–इरान सम्झौताको औपचारिक हस्ताक्षरका लागि शुक्रबार जेनेभामा वार्ता हुने तयारी भइरहेका बेला इजरायलको यो पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको हो । पाकिस्तानले मध्यस्थकर्ताका रूपमा उक्त भेटवार्ताको जानकारी दिएको छ ।

रक्षामन्त्री काट्जका अनुसार इजरायलले लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेका क्षेत्रहरू ‘अनिश्चितकालसम्म’ आफ्नो नियन्त्रणमा राख्ने योजना बनाएको छ । उनले लेबनानमा हिजबुल्लाहविरुद्ध जारी सैन्य कारबाही रोक्न इरानसँग भएको अन्तरिम समझदारीलाई पनि शङ्कास्पद रूपमा व्याख्या गरेका छन् ।

उनले इरानले इजरायलमाथि कुनै पनि आक्रमणको प्रयास गरेमा इजरायलले कडा प्रतिकार गर्ने चेतावनी दिँदै ‘ठूलो बल प्रयोग’ गर्ने सङ्केत गरे । पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा इजरायलले गाजा, लेबनान र सिरियाका विभिन्न क्षेत्रहरूमा करिब एक वर्गकिलोमिटर भूभाग नियन्त्रणमा लिएको छ । यो आकार न्युयोर्क सहरभन्दा केही सानो रहेको बताइएको छ ।

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »

नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा

इजरायल ।  इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार स्पष्ट रूपमा इजरायल लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने अडान सार्वजनिक गरेका छन्

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारबाहीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग

Read More »

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ९८

Read More »