रास्वपाले कटायो १०० सिट, एमालेको सात

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १०० सिट कटाएको छ । जारी मतगणनामा आइतबार बिहान साढे ८ बजेसम्म रास्वपातर्फका उमेदवार १०२ क्षेत्रमा निर्वाचित भइसकेका छन् । २२ क्षेत्रमा रास्वपाका उमेदवार अगाडि छन् ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उमेदवार १५ क्षेत्रमा विजयी भइसकेका छन् । दुई क्षेत्रमा कांग्रेस उमेदवार अगाडि छन् । नेकपा (एमाले)का उमेदवार सात क्षेत्रमा निर्वाचित भएका छन् । चार क्षेत्रमा एमाले उमेदवार अग्रस्थानमा छन् । बचौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार ६ क्षेत्रमा विजयी भएका छन् । एउटा क्षेत्रमा नेकपाका उमेदवार अगाडि छन् ।

श्रम संस्कृति पार्टीका उमेदवार एउटा क्षेत्रमा निर्वाचित भएका छन् । दुई क्षेत्रमा श्रम संस्कृतिका उमेदवार अगाडि छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार एउटा क्षेत्रमा विजयी भएका छन् । एउटा क्षेत्रमा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टी नेपालका उमेदवार एउटा क्षेत्रमा अगाडि छन् ।

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »

नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा

इजरायल ।  इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार स्पष्ट रूपमा इजरायल लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने अडान सार्वजनिक गरेका छन्

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारबाहीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग

Read More »