चुनाव हारे‍को भोलिपल्टै फिल्म सुटिङमा निशा अधिकारी

काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचन हारेकी अभिनेत्री निशा अधिकारी भोलिपल्टै फिल्म क्षेत्रमा फर्किएकी छन्। शुक्रबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं. ५ मा गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी निशाले ९१ मत मात्र ल्याएकी थिइन्।

त्यसको भोलिपल्टै शनिबार उनी अभिनेता निखिल उप्रेतीसँग फिल्म ‘कस्तुरी’को सुटिङमा संलग्न भएकी हुन्। निशाले फेसबुकमा लेखेकी छन्, ‘आज (शनिबार) देखि ‘कस्तुरी’को सुटिङमा व्यस्त हुँदै छु। चुनावसम्म मलाई पर्खेर बस्नु भएकोमा ‘कस्तुरी’ टिमप्रति हार्दिक धन्यवाद।’

साथै निशाले आफ्नो पहिलो को-स्टारसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताएकी छन्। ‘मेरो पहिलो को-स्टार भएकाले होला- निखिल दाइसँगका कुरा जहिले पनि मिठा लाग्छन्। पहिलो फिल्मको पहिलो को-स्टार। अहिलेसम्म पनि सँगै काम गरिरहन पाएकोमा एकदमै खुसी लाग्छ।’

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »

नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा

इजरायल ।  इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार स्पष्ट रूपमा इजरायल लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने अडान सार्वजनिक गरेका छन्

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारबाहीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग

Read More »

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ९८

Read More »

युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु

किभ । युक्रेनमाथि रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य धेरै जना घाइते भएको बताइएको छ । आक्रमणका

Read More »