प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा आइतबार बिहानैदेखि पूजाआजा चलिरहेको छ । हरेक वर्षको भाद्र शुक्ल चतुर्दशी ( जनैपूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा हुने प्रचलन छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत आइतबार विहान ‘बडिमालिका उत्सव’ भन्दै शुभकामना व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट हिँडेका सरकारी टोली धार्मिक परम्पराअनुसार शनिबार बाजुरामा पर्ने बडिमालिका मन्दिर पुगिसकेका छन् । तीर्थालु भक्तजन शुक्रबार त्रिवेणीमा, शनिबार बिहान त्रिवेणीमा स्नान गरेर साँझ बडिमालिकामा पुगेका छन् ।










