अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१ औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान हक र समान अधिकारका लागि एकीकृत दलित आन्दोलन, समाजवादको आधार निर्माणको लागि संविधान संशोधन’ देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाइँदै छ ।

आज साँझ माइतीघरमण्डलमा दीप प्रज्ज्वलनको कार्यक्रम छ । त्यसैगरी आज बिहान यहाँ र्‍याली आयोजना गरिएको थियो । राष्ट्रिय दलित आयोग र दलित सङ्घसंस्थाले आज ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी पहिचान’ शीर्षकमा छलफल पनि कार्यक्रमको आयोजना गरेको छ ।

नेपालमा दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूत अझै कायम रहेको गुनासो दलित समुदायका अगुवाहरुले गरेका छन् । यसैबिच, प्रतिनिधिसभा सदस्य निर्वाचित गणेश विकले इनिषा विक प्रकरणलगायत देशका विभिन्न स्थानमा भएका घटनाको छानबिन गरी दोषीमाथि कारबाहीका लागि माग गर्दै यस्ता घटना हुन नदिने अवस्था सिर्जना गर्न निरन्तर सङ्घर्षमा लामबद्ध हुन सम्बद्ध सबैलाई आह्वान गरेका छन् ।

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »

प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र

Read More »

विश्वकपः अष्ट्रेलियाको विजयी सुरुआत, टर्की २–० ले पराजित

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले विजयी सुरूआत गरेको छ । आज सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० गोलले हराउँदै विजयी सुरुआत गरेको हो। अष्ट्रेलियाका लागि

Read More »

सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनाको अन्तिम दिन आइतबार सुनको

Read More »

जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने जिकिर गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘जनभावना विपरीत अभिव्यक्तिले

Read More »