प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय ‘अपराध अनुसन्धान समीक्षा’ गोष्ठीको उद्घाटन गर्दै उनले प्रहरी सङ्गठनमाथि उठेको प्रश्न र जिज्ञासाप्रति सङ्गठन जिम्मेवार बत्रुपर्ने विचार राखे ।

मुख्यमन्त्री कार्कीले प्रहरी सङ्गठनलाई बलियो बनाउने समयमा नियन्त्रणमा राख्ने सोच र प्रवृत्तिले अपराध अनुसन्धानमा गम्भीर असर पर्ने भन्दै सङ्गठनलाई समयानुकूल बनाउन साधन, स्रोत र व्यवस्थापकीय कमी कमजोरीलाई राज्यले पूरा गर्नुपर्ने धारणा राखे । उनले प्रहरीको नीति र ऐनलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै ‘डिएनए’ परीक्षण गर्ने प्रयोगशाला निर्माण र ‘डिजिटल’ प्रणालीमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा स्थापना गर्न र सुशासनअन्तर्गत अपराध अनुसन्धानमा प्रहरी सङ्गठनले इमान्दारीपूर्वक आफ्ना जिम्मेवारी निर्वाह गरिरहेको धारणा राख्दै प्रहरीले अनुसन्धानमा त्रुटि हुन नदिन र कानुनको परिधिभित्र रही काम गर्न सुझाव दिए ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेले अपराध अनुसन्धामा देखिने त्रुटि र कमीकमजोरीलाई निवारण गर्न गोष्ठी फलदायी बत्रे विश्वास व्यक्त गरे । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्रहरीको सफल अनुसन्धानबाट नै पीडित नागरिकले न्याय पाउने भएकाले यसतर्फ गम्भीर बत्रुपर्ने धारणा राखे ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले विज्ञान, सूचना प्रविधि एवं सञ्चारले मानव जीवनलाई सहज बनाएपनि अपराध अनुसन्धानतर्फ जटिलता र चुनौती थपिएको जानकारी दिए । उनले प्रमाणका आधारमा अनुसन्धानसहित क्षमता विकास जरुरी रहेको चर्चा गर्दै गोष्ठीबाट आउने निष्कर्षले अपराध अनुसन्धानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले सुशासनको अनुभूति भएमा मात्र जनताले राज्यप्रति विश्वास गर्ने बताए ।

जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाबहादुर भुसालले न्याय जहिले पनि अनुसन्धानको घेराभित्र रहने भएकाले प्रहरीले गर्ने अनुसन्धानमा गम्भीर हुनुपर्ने धारणा राखे । उनले अपराधीले पनि विज्ञान र प्रविधिको प्रयोग गर्नाले अनुसन्धामा थप चुनौती छ भन्दै अनुसन्धानलाई गुणस्तरीय बनाउन प्रहरी सङ्गठनले अन्तर निकायसँग सहकार्य एवं सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा जोड दिए । एकदिने सो गोष्ठीमा कोशी प्रदेशका सबै जिल्लाका प्रहरी उपरीक्षक तथा अनुसन्धान अधिकृतहरुको सहभागिता रहेको छ ।

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »

प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र

Read More »

विश्वकपः अष्ट्रेलियाको विजयी सुरुआत, टर्की २–० ले पराजित

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले विजयी सुरूआत गरेको छ । आज सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० गोलले हराउँदै विजयी सुरुआत गरेको हो। अष्ट्रेलियाका लागि

Read More »

सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनाको अन्तिम दिन आइतबार सुनको

Read More »

जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने जिकिर गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘जनभावना विपरीत अभिव्यक्तिले

Read More »