जातीय विभेद कुनै पनि हालतमा स्वीकार्य छैन : खगेन्द्र सुनार

काठमाडौं । आज काठमाडौंको माइतीघरमा जातीय विभेद उन्मुलन दिवसको अवसरमा ध्यानाकर्षण सभा गरिएको छ । ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा शनिबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले ध्यानाकर्षण सभाको आयोजना गरेको हो । सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जातीय विभेद कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

उनले संविधान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूले समेत जातीय विभेदलाई अस्वीकार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै भने, ‘जातीय विभेद वा कुनै पनि विभेद हामी स्वीकार्न सक्दैनौं भन्ने कुरा हाम्रो संविधानले स्पष्ट बोलेको छ । नेपाल अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा पक्ष राष्ट्रका रूपमा हस्ताक्षरकर्ता पनि हो । तर आजसम्म पनि हामीले यस्तो अन्याय र अत्याचार भोगिरहेका छौँ ।’

उनले देश परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै आगामी सरकारले उत्पीडित तथा पछाडी परेका समुदायलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए । ‘हामी नयाँ परिवर्तनको संघारमा उभिएका छौँ, देश परिवर्तनको संघारमा उभिँदै गर्दा यहीँबाट खबरदार गर्न चाहान्छौँ । बन्दै गरेको सरकारले उत्पीडनमा परेका, पछाडि परेका समुदायलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने ।

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »

प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र

Read More »

विश्वकपः अष्ट्रेलियाको विजयी सुरुआत, टर्की २–० ले पराजित

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले विजयी सुरूआत गरेको छ । आज सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० गोलले हराउँदै विजयी सुरुआत गरेको हो। अष्ट्रेलियाका लागि

Read More »

सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनाको अन्तिम दिन आइतबार सुनको

Read More »

जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने जिकिर गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘जनभावना विपरीत अभिव्यक्तिले

Read More »