जेनजी आन्दोलनले निजी क्षेत्रमा ८० अर्बको क्षति : कमलेश अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) अवस्थामा पुगेको बताएका छन् ।

नेपाल व्यापार संघको ३३ औं वार्षिक साधारणसभा तथा १७ औं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले अर्थतन्त्र शिथिल रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०८१/८२ मा ४.४ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको भए पनि कोभिड–१९ को नकारात्मक प्रभाव तथा त्यसपछिको कुशल व्यवस्थापनको अभावका कारण स्थिति बिग्रिएको बताए ।

उनले भने, ‘नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) भएर गएको अवस्था छ । अर्थतन्त्र शिथिल छ । अर्थतन्त्रको आर्थिक वृद्धिदर ८१–८२ मा ४.४ प्रक्षेपण गरिने थियो । तर कोभिड १९ को नकारात्मक प्रभाव र त्यसपछिको कुशल व्यवस्थापनको अभावले नै भदौ २३ र २४ गते जेनजी आन्दोलन हुन गयो । आन्दोलनको क्रममा निजी क्षेत्रका औद्योगिक व्यवसायीक प्रतिष्ठानहरुको झण्डै ८० अर्ब जतिको क्षति भयो । समग्र व्यवसायी औद्योगिक वातावरणमा नकारात्मक असर पर्न पुग्यो । निजी क्षेत्रको मनोबल अत्यन्त न्यून हुन गयो ।’

उनका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । यसले समग्र व्यवसायिक तथा औद्योगिक वातावरणमा नकारात्मक असर पारेको र निजी क्षेत्रको मनोबल अत्यन्त न्यून भएको उनले बताए ।

अध्यक्ष अग्रवालले अपार प्राकृतिक स्रोतले सम्पन्न देश भए पनि राजनीतिक तथा आर्थिक नीतिगत स्थायित्वको अभावले आर्थिक समृद्धि हासिल गर्न नसकिएको उल्लेख गरे । साथै, युवा जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न नसकिएको पनि उनले बताए । उनले भने, ‘अपार प्राकृतिक स्रोतले भरिएको हाम्रो देशमा राजनीतिक स्थायित्व, अर्थ नीतिको स्थायित्वको अभावले देशको आर्थिक समृद्धि त परै जाओस्, हाम्रो युवा जनशक्तिलाई हामीले रोजगारी सिर्जना गर्न समेत सकिएन ।’

उनले दैनिक २५ सयभन्दा बढी युवाहरू रोजगारीको अभावमा विदेशिनुपर्ने बाध्यता रहेको बताए । जुन युवाहरूमा बढ्दो असन्तुष्टिको प्रमुख कारण बनेको र यही असन्तुष्टि जेनजी आन्दोलनको मुख्य कारणसमेत रहेको उनले बताए ।

उनले भने, ‘प्रतिदिन २५ सय भन्दा बढी युवाहरु स्वदेशमा रोजगारीको अभावले विदेशिनुपर्ने बाध्यता नै युवाहरुमा देखिएको असन्तुष्टिको मूल कारण समेत जेनजी आन्दोलन थियो ।’

अग्रवालले जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका मागहरूलाई महत्वपूर्ण ठहर गर्दै यी विषयहरू देशको विकासका आधारस्तम्भ भएको उल्लेख गरे । उनले सुशासनलाई युवाहरूको भविष्यप्रतिको भरोसाको रूपमा व्याख्या गर्दै भ्रष्टाचार उन्मूलन तथा विदेशमा हासिल गरेका अनुभवलाई स्वदेशमै सकारात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

‘जेनजी पुस्ताले अघि सारेका मागहरु सुशासन, भ्रष्टाचार निवारण र रोजगारी सिर्जना, आर्थिक समृद्धिको पहिलो खुड्किलो हुन् । सुशासन युवाहरुको भविष्यप्रतिको भरोसा हो । भ्रष्टाचार उन्मुलन र विदेशमा हासिल गरेको अनुभवलाई यहाँ हामीले सकारात्मक रुपमा प्रयोग गर्न आवश्यक छ,’ उनले भने । उनले जेनजी आन्दोलन पछि नेपाल राजनीतिक रूपमा संवेदनशील मोडमा पुगेको बताए । तर हालै सम्पन्न निर्वाचनको परिणामले आशा जगाएको उल्लेख गर्दै आगामी सरकारले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरे ।

उनले भने, ‘जेनजी आन्दोलनपछि नेपालको राजनीतिक संवेदनशील मोडमा पुगिसकेको थियो । तर हालै सम्पन्न निर्वाचनको परिणामले ठूलो आशाको सञ्चार गरेको छ । आगामी सरकारले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति दिन माग गर्दछौँ ।’

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »

प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र

Read More »

विश्वकपः अष्ट्रेलियाको विजयी सुरुआत, टर्की २–० ले पराजित

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले विजयी सुरूआत गरेको छ । आज सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० गोलले हराउँदै विजयी सुरुआत गरेको हो। अष्ट्रेलियाका लागि

Read More »

सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनाको अन्तिम दिन आइतबार सुनको

Read More »

जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने जिकिर गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘जनभावना विपरीत अभिव्यक्तिले

Read More »