तान्त्रिकको सल्लाहमा रामनवमीको विदाका दिन बालेनको सपथ

काठमाडौं : फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ। झण्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी छ।

बालेनले हेरेको साइत अनुसार चैत्र १३ गते रामनवमीका दिन उनले प्रधानमन्त्रीको सपथ लिँदैछन्। सो दिन सरकारले सार्वजनिक विदा दिएको छ। सरकारले रामनवमीका दिन सार्वजनिक विदा दिने गर्दछ।

बालेन निकट स्रोतका अनुसार उनी आफैं पनि चिना र साइत हेर्नेगर्दछन्। त्यसमा पनि उनी एकजना तान्त्रिकलाई हेराएरमात्र यस्ता निर्णय गर्नेगर्दछन्। ती तान्त्रिकको सल्लाह अनुसार नै बालेनले प्रधानमन्त्रीको सपथ लिने तयारी गरेका हुन्।

यसअघि विदाका दिन राष्ट्रपतिले कुनै पनि प्रधानमन्त्रीलाई सपथ गराएका छैनन्। विदाको दिन राष्ट्रपति कार्यालयले काम गर्छ कि गर्दैन, बालेनको सपथका लागि राष्ट्रपति कार्यालय खुल्छ कि खुल्दैन भन्ने विषयमा राष्ट्रपति कार्यालयले केही बचाउन चाहेन।

बालेन आफैं र तान्त्रिकको सल्लाहमा रामनवमीको दिन सथप लिने जुराएकाले पनि राष्ट्रपति रामचन्द्र पौडेलले सो दिन सपथ गराउन सक्ने बताइएको छ। स्रोतका अनुसार ती तान्त्रिककै सल्लाह अनुसार बालेनले कालो कपडा लगाउने गरेका हुन्।

कुनै पनि तान्त्रिकले कालो चिजलाई प्रिय मान्छन्। बालेनले अधिकांश समय कालै कपडा लगाउने गरेका छन्। रास्वपाको चुनावी प्रचारमा देशदौडाहा गरेका बालेनले कालै कपडा लगाएका थिए।

कालो टोपी, कालो चश्मादेखि कालै कपडा लगाउने गरेका बोलनले प्रधानमन्त्रीको सपथ लिँदा कस्तो रङको कपडा लगाउँछन् हेर्न बाँकी छ।

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »

प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र

Read More »

विश्वकपः अष्ट्रेलियाको विजयी सुरुआत, टर्की २–० ले पराजित

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले विजयी सुरूआत गरेको छ । आज सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० गोलले हराउँदै विजयी सुरुआत गरेको हो। अष्ट्रेलियाका लागि

Read More »

सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनाको अन्तिम दिन आइतबार सुनको

Read More »

जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने जिकिर गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘जनभावना विपरीत अभिव्यक्तिले

Read More »