नेप्से ७ महिनायताकै उच्च विन्दुमा, २३ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार उछाल देखिएको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको नेप्से परिसूचकले आज पनि सोही लयलाई पछ्याउँदै करिब ७ महिनायताकै उच्च विन्दु चुमेको हो ।

आइतबार नेप्से परिसूचक ५४.५१ अंकले वृद्धि भई २९३१.५५ को विन्दुमा पुगेर रोकिएको छ । यसअघि गत साउन १४ गते नेप्से २९५४.१४ को विन्दुमा पुगेको थियो, जसलाई पछ्याउँदै आज बजारले नयाँ उचाइ तय गरेको हो । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ११.११ अंकले बढेको छ । बजारमा परिसूचक मात्र नभई कारोबार रकमले पनि नयाँ उत्साह थपेको छ ।

आइतबार ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार कित्ता सेयर २ लाख ४ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कुल २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पनि गत साउन ११ गते (२६ अर्ब ५७ करोड) पछिकै उच्च हो ।

आजको बजारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनले १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन् ।

यस्तै, विजय लघुवित्त र एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन् । कारोबारका आधारमा आज कुमारी बैंक अग्रस्थानमा रह्यो । कुमारी बैंकको ८५ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो ।

त्यस्तै, नेशनल हाइड्रोपावर र शिवम् सिमेन्ट्स पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन् । आज कारोबार भएका १३ उपसमूहमध्ये १२ वटामा हरियाली छाएको छ भने व्यापार उपसमूह मात्र रातो अंकमा सीमित भयो ।

लघुवित्त उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै ४.२१ प्रतिशत नाफा कमाएका छन् । होटल तथा पर्यटन, बैंकिङ, विकास बैंक, र बीमा लगायतका उपसमूहहरूमा पनि २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । समग्रमा, लगानीकर्ताको मनोबल उच्च देखिँदा बजारमा ठूलो परिमाणको कारोबारसहित परिसूचकले सकारात्मक मोड लिएको विश्लेषण गरिएको छ ।

रुपन्देहीमा माइक्रो बसहरू आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते

बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह गणेशनगरस्थित नजिक माइक्रो

Read More »

बागमतीका सांसदले ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामला तथा योजना

Read More »

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको सुझाव

काठमाडौँ । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलको

Read More »

अंग प्रत्यारोपणमा किष्ट अग्रणी, १५औं कलेजो प्रत्यारोपणले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं, नेपाल । किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ। यस

Read More »

खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु

Read More »

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक

Read More »