फैसला नआएसम्म महाधिवेशन हुन सक्दैन : श्याम घिमिरे

काठमाडौं : शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारितासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा नेपाली कांग्रेसको नियमित महाधिवेशन अघि बढाउन नहुने धारणा सार्वजनिक गरेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन देउवा पक्षका नेता श्यामकुमार घिमिरेले यस्तो धारणा व्यक्त गरेका हुन् । मंगलबार आयोजित एक कार्यक्रममा उनले अदालतको फैसला नआएसम्म नियमित महाधिवेशनतर्फ जान उपयुक्त नहुने बताएका थिए।

कांग्रेसका निवर्तमान सांसदसमेत रहेका घिमिरेले अदालतको निर्णयपछि जुन पक्षले आधिकारिता पाउँछ । त्यसकै नेतृत्वमा नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिए। उनले पार्टीका दुवै पक्षबीच सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे । घिमिरेले सर्वोच्च अदालतलाई सो मुद्दामा छिटो निर्णय दिन आग्रह गर्दै ढिलाइ हुँदा न्यायप्रति जनविश्वास कमजोर हुन सक्ने बताएका छन्।

उनले भने, ‘मेरो सर्वोच्च अदालतसँग तपाईंहरूकै माध्यामबाट एउटा ठूलो आग्रह छ । तपाईंहरूले छिटो फैसला दिनुपर्छ । यो तपाईंहरूको संवैधानिक दायित्व र कर्तव्य हो । चाँडो फैसला दिनुस् । अन्योलमा नराख्नुस् । यो भन्दा अगाडि धेरै मुद्दाहरूमा समयमा फैसला दिनु भएन । संवैधानिक नियुक्तिका विषयहरूलाई त्यत्तिकै पेन्डुलम बनाएर राखिदिनु भयो । जसपाको मुद्दा अहिलेसम्म पेन्डिङ छ । संसद पुनर्स्थापनाको मुद्दामा फैसला नै दिन चाहनु भएन । यसरी अल्झाएर राख्दा सर्वोच्च अदालतप्रतिको जनविश्वास गुम्ने खतरा हुन्छ । त्यसले गर्दा चाँडो फैसला गर्नुस् ।’

जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने जिकिर गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘जनभावना विपरीत अभिव्यक्तिले

Read More »

परराष्ट्रमन्त्री खनाल आज चीन उड्दै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणका लागि जाने भएका छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आज बेइजिङ

Read More »

नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा सिजन कार्की सम्मानित

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित

Read More »

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । कांग्रेसका

Read More »

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »