कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकी भन्ने चिन्ता र शंका देखिएको भन्दै अब कुनै पार्टीसँग मिसिन नजाने दाबी गरे ।

उनले भने, ‘उज्यालो नेपाल पार्टी कतै गएर मिसिने होकि भन्ने चिन्ता र शंका धेरैको छ । यसमा कुनै शंका र चिन्ता नगर्दा हुन्छ । उनेपा कुनै पार्टीसँग मिसिन जाँदैन । अरु पार्टीहरु मिसिन आउन सक्छ । अरुसँग एकीकरण गर्दा पनि यो पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ। अहिले नयाँ र पुराना पार्टीका धेरै साथीहरू पार्टीमा जोडिने लहर आएको छ । अब नयाँ पार्टीको विकल्प उनेपा नै हो ।’

त्यस्तै, उनले स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिने बताउँदै आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व आफूहरुले ने गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष घिसिङले पार्टीमा प्रवेश गर्नेहरूलाई विश्वासघात नगर्ने अठोट गरे । गएको चुनावमा असफल भए पनि आफूहरूले हार नमानेर पहिलो खुड्किलाको रुपमा लिएको उनले बताए ।

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका

Read More »

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि

Read More »

नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिबीच छलफल

काठमाडौं । नेपाल–भारत सीमापार रेलवे लिकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूतावासका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठकमा

Read More »

जंगली जनावरको आतंकले किसान आक्रोशित छन्, सरकार उदासीन : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण कृषिबालीमा भइरहेको क्षतिबाट किसानलाई जोगाउन ठोस राष्ट्रिय नीति आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल

Read More »