जंगली जनावरको आतंकले किसान आक्रोशित छन्, सरकार उदासीन : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण कृषिबालीमा भइरहेको क्षतिबाट किसानलाई जोगाउन ठोस राष्ट्रिय नीति आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले यस्तो बताएका हुन् ।

‘यतिबेला किसानहरु जंगली जनावरले पुर्‍याएको कृषिबालीको क्षति देखाएर रोइरहेको आक्रोश पोखिरहेको दृष्यले सबैलाई उद्देलित बनाइरहेको छ । तर राज्यका निकायहरु अभिसन्धी र कानूनका कारणले ती दृष्यबाट विमुख भइरहेका छन् । तर यस्तो लाचारी कहिलेसम्म ?’ पोखरेलले भने, ‘अन्तरार्ष्ट्रिय अभिसन्धि र कानुनको बहाना देखाएर किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायोचित होइन ।’

महासचिव पोखरेलले बाँदर, बँदेल र दुम्सी लगायतका जंगली जनावरको आतंकका कारण कृषिकर्ममा आश्रित किसान विस्थापित हुने अवस्था सिर्जना भएको बताए । किसानहरू बाली नष्ट भएको पीडा पोखिरहे पनि राज्यका निकायहरू अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनी व्यवस्थाको बहाना बनाएर समस्या समाधानतर्फ उदासीन रहेको उनको भनाई छ ।

पोखरेलले संरक्षणका नाममा किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट बेदखल गर्न नहुने बताउँदै प्रकृति र मानवबीच सन्तुलन आवश्यक भए पनि त्यसले मानिसकै उठिबास लाग्ने अवस्था सिर्जना गर्न नहुने बताए ।

उनले जंगली जनावरबाट बढ्दो क्षति रोक्न सर्वदलीय बैठक बोलाई साझा राष्ट्रिय दृष्टिकोण तयार गर्न आग्रह गरेका छन् । संरक्षण क्षेत्रभित्रका पशुपन्छीको संरक्षणमा विशेष जोड दिनुपर्ने तर कृषिक्षेत्रका लागि छुट्टै नीति, कानुन र संरक्षणका उपाय अवलम्बन गर्नुपर्ने पोखरेलको भनाई छ ।

किसान र कृषि उत्पादन दुवैलाई संरक्षण गर्नेगरी नीति निर्माण गर्न ढिलाइ भइसकेको उल्लेख गर्दै महासचिव पोखरेलले अब तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । कांग्रेसका

Read More »

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका

Read More »

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि

Read More »

नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिबीच छलफल

काठमाडौं । नेपाल–भारत सीमापार रेलवे लिकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूतावासका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठकमा

Read More »