इनिसा मृत्यु प्रकरण: प्रहरीद्वारा सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस

सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विककाे घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ । ‎‎बुधबार प्रहरीले आफ्नो अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले बताए।

‎‎’प्रहरीले आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ,’ उनले भने, ‘अब मुद्दा सरकारी वकिल कार्यालय प्रवेश भयो।’ उनका‌ अनुसार, घटनासँग सम्बन्धित केही प्राविधिक रिपोर्टहरू प्राप्त भइसकेको र केही आउने क्रममै रहेको पनि उनले बताए ।

‎‎बाँकी रिपोर्टहरू अदालतमा मुद्दाको सुनुवाइ हुँदै गर्दा पनि पेस गर्न सकिने डीएसपी बुढ्थापाले जानकारी दिए । ‎‎ ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धानको कार्य सम्पन्न गरिसकेकोले अबको कानुनी प्रक्रिया अदालत र सरकारी वकिलको कार्यालयमार्फत अघि बढ्नेछ,’ उनले भने । ‎‎गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।

‎‎फागनु २३ गते शनिवार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । ‎‎प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै एक १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो, जसले इनिसाको प्रेमी भएको बयान दिएका छन् ।

‎‎इनिसाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीनको नाममा निवेदन दिए । प्रहरीले ती तीन जना नाबालकलाई सोही दिन पक्राउ गर्‍यो । दुई हप्ता अघिदेखि प्रहरीले वैज्ञानिक तरिकाले अनुसन्धान गर्ने भन्दै केन्द्रबाट सीआईबी, नेपालगन्जबाट पोलिग्राफ, सीडीआर एनालिसिसहरू लगायतका विज्ञहरुको टोली सुर्खेत आएको थियो ।

‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीराज शाहीका अनुसार यी सबै टोलीहरूले अनुसन्धान गरेर फर्किसकेका छन् । उनीहरुले तयार पारेका रिपोर्टहरू केही आइसके भने केही आउन बाँकी छ । ‎‎प्रहरीले भने हालसम्मको अनुसन्धान प्रतिवेदन अब सरकारी वकिल कार्यालय प्रवेश गराएको हाे ।

‎‎घटना घटेको १८ दिनसम्म इनिसाको शव भने प्रदेश अस्पतालको शव गृहमा छ । इनिसाका बुबा इन्द्रले न्याय नमिलेसम्म शव नबुझ्ने बताएका छन् । ‘मेरो छोरीमाथि जघन्य अपराध भएको छ, बलात्कारपछि हत्या भएको छ, न्याय मर्नु भएन,’ उनले भने, ‘निष्पक्ष तरिकाले अनुसन्धान हुनुपर्‍यो, न्याय नपाएसम्म शव उठाउँदैनौँ ।’

परराष्ट्रमन्त्री खनाल आज चीन उड्दै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणका लागि जाने भएका छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आज बेइजिङ

Read More »

नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा सिजन कार्की सम्मानित

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित

Read More »

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । कांग्रेसका

Read More »

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका

Read More »