कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा रास्वपाको काँधमा: डा. भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुलाई सकारात्मक कदम भनेका छन् ।  ९०७ पृष्ठ लामो उक्त प्रतिवेदन सुशीला कार्की नेतृत्वको सरकारले अन्तिम समयमा भए पनि सार्वजनिक गर्ने निर्णय गर्नु सकारात्मक भएको बताए । 

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै डा. भट्टराईले प्रतिवेदनले तत्कालीन समयका गम्भीर कमजोरीहरूलाई उजागर गरेको उल्लेख गरे। प्रतिवेदन अध्ययन गर्दा भदौ २३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिएको र टीओबी समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको पाएको उनले उल्लेख गरे।

त्यसैगरी, भदौ २४ गतेको घटनामा राज्यका सबै अङ्गहरू असफल भएको प्रतिवेदनले स्पष्ट पारेको डा. भट्टराईले बताए। आयोगले दोषीलाई कारबाही, राम्रो काम गर्नेलाई पुरस्कार र शासकीय सुधारका लागि विस्तृत सिफारिसहरू गरेको जानकारी दिँदै डा भट्टराईले अबको जिम्मेवारी नयाँ बन्ने रास्वपा सरकारको काँधमा आएको बताए।

देश र जनताको हितमा यो प्रतिवेदनलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने र नयाँ इतिहास रच्ने कि पुरानै दुःखद इतिहास दोहोर्‍याउने भन्ने अब बन्ने रास्वपा सरकारको हातमा छ,’ उनले भने । 

परराष्ट्रमन्त्री खनाल आज चीन उड्दै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणका लागि जाने भएका छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आज बेइजिङ

Read More »

नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा सिजन कार्की सम्मानित

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित

Read More »

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । कांग्रेसका

Read More »

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका

Read More »