इरानसँगको गुप्तचर सहयोगलाई लिएर रुसले अमेरिकालाई ‘ब्ल्याकमेल’ गर्न खोज्योः जेलेन्स्की

किभ ।रुसले इरानसँगको गुप्तचर (इन्टेलिजेन्स) आदान–प्रदानको विषयलाई प्रयोग गर्दै अमेरिकामाथि दबाब दिन खोजेको आरोप युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाएका छन् । रुसले अमेरिकासँग वासिङ्टनले युक्रेनलाई दिने गुप्तचर सहयोग रोक्यो भने मात्र रुसले इरानसँगको गुप्तचर साझेदारी बन्द गर्नेछ भनेर प्रस्ताव राखेको बुधबार किभस्थित राष्ट्रपति निवासमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनी सेनाको गुप्तचरले बताएको भनेका थिए । “यो ब्ल्याकमेल होइन र ? पक्कै हो,” उनले भने ।

जेलेन्स्कीका अनुसार युक्रेनी सैन्य गुप्तचर निकायसँग रुसले इरानलाई निरन्तर सूचना दिइरहेको अखण्ड प्रमाण छ । आफैँले ती विवरणहरू देखेको उनले बताए पनि थप जानकारी सार्वजनिक गरेनन् । पश्चिम एसियामा जारी द्वन्द्वका क्रममा अमेरिकी सेना र उसका सहयोगीमाथि आक्रमण गर्न प्रयोग गरिएका केही इरानी ड्रोनहरूमा रुसी कम्पोनेन्टहरू समेत फेला परेको दाबी उनले गरे । तर, इरानलाई सहयोग गरेको आरोप रुसले अस्वीकार गर्दै आएको छ । यस विषयमा वासिङ्टनले पनि मस्कोसँग प्रत्यक्ष रूपमा छलफल गर्दा रुसले त्यस्तो सहयोग नगरेको दाबी गरेको जनाएको छ ।

सन् २०२२ मा रुसले आक्रमण सुरु गरेपछि युक्रेनमाथि इरानी डिजाइनका ‘शाहेद’ ड्रोनहरूबाट लगातार आक्रमण भइरहेको उल्लेख गर्दै अहिले युक्रेनले खाडी क्षेत्रका केही देशहरूलाई पनि ड्रोन आक्रमणविरुद्ध सहयोग गरिरहेको जेलेन्स्कीले बताए । उनका अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारजस्ता देशहरूसँग दीर्घकालीन सहकार्य गर्दै ड्रोन अवरोध प्रणाली (इण्टरसेप्टर) उत्पादनका लागि लगानी जुटाउने वा हवाई प्रतिरक्षा मिसाइल प्राप्त गर्ने प्रयास भइरहेको छ ।

नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा सिजन कार्की सम्मानित

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित

Read More »

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । कांग्रेसका

Read More »

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका

Read More »

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि

Read More »