म्याराथन होइन,अब १०० मिटरको दौड जस्तो गतिमा काम गर्नुपर्छ : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालको लोकतन्त्रको बाँकी यात्रा अब म्याराथनको गतिमा नभई १०० मिटरको दौड जस्तो तीव्र गतिमा तय गर्नुपर्ने बताएका छन् । नवनिर्वाचित सांसदको रूपमा शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका झाले सञ्चारकर्मीसँग कुरा गर्दै देशको राजनीति र अर्थतन्त्रलाई गति दिन अबको कार्यकाल चुनौतीपूर्ण र निर्णायक हुने उल्लेख गरेका हुन्।

नेपालको लोकतन्त्रको ६६ वर्षको इतिहासलाई स्मरण गर्दै उनले अबको केही वर्षमा दशकौँको उपलब्धि हासिल गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए। झाले विश्वको बदलिँदो राजनीति र अर्थतन्त्रको परिवेशमा नेपालले आफ्नो गतिलाई तीव्र बनाउनुको विकल्प नरहेको स्पष्ट पारे।

‘हाम्रो ६६ वर्षको लोकतान्त्रिक यात्रालाई अब यो कार्यकालले अर्को दुई–तीन दशकको स्पिडमा लैजानुपर्छ,’ उनले भने, ‘म्याराथनको गतिले अब पुग्दैन, हामी १०० मिटरको स्पिडमा दौडेर बाँकी यात्रा तय गर्नुपर्ने अवस्थामा छौँ।’ उनले मतदाताले दिएको विश्वास र मतलाई निकै गम्भीरताका साथ लिएको बताउँदै जनताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने प्रतिबद्धता समेत जनाए।

निर्वाचनमा मतदाताले आफ्नो पार्टीलाई दिएको समर्थन महत्त्वपूर्ण रहेको बताउँदै झाले यसले आफूहरूलाई थप जिम्मेवार बनाएको महसुस गरेका छन् । मतदाताले मन र मत दुवै दिएर सुविधाजनक अवस्थामा पुर्‍याइदिएको उल्लेख गर्दै उनले जनताको त्यो आशालाई निराशामा बदल्न नदिने बताए।

नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा सिजन कार्की सम्मानित

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित

Read More »

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । कांग्रेसका

Read More »

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका

Read More »

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि

Read More »