चुनावमा एमालेविरुद्ध असभ्य ढंगबाट प्रहार भयो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाप्रति असन्तुष्टि जनाएका छन्। पार्टी मुख्यालय च्यासलमा ओलीले निर्वाचनको परिणामलाई अस्वभाविक, अपत्यारिलो र जादुमय भएको समेत बताएका छन्। ‘हाम्रो पार्टीको आकारमा सानो भएकोमा कसैले चिन्ता नगर्नुहोला,’ एमालेबाट विजयी सांसदहरूलाई सुझाव दिँदै उनले भने, ‘निर्वाचनमा एमालेविरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरिएको थियो।’

निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भइनसकेको समेत उनको भनाइ छ। ‘यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय छ । हाम्रा विरोधिहरुले अथवा हाम्रा उद्देश्यका विरोधिहरुले हाम्रा विरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरे । उनीहरुलाई धेरैतिरको सहयोग भयो । असभ्य, अश्लिल, गालीगलौज र कुप्रचारहरु भए । हाम्रो सभ्य शैलीले त्यसको प्रतिवाद गर्न सकेन । यस्तासँग के प्रतिवाद गर्ने भन्ने हिसाबले चुप लाग्ने प्रवृत्ति बढ्यो ।

डटेर सामना गर्न सकेनौं । सामाजिक सञ्जलमा हामीले बोल्न लेख्न सकेनौं ,’ उनले भने। सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न नसक्दा सत्य कुरा जनतासम्म पुग्न नसकेको पनि उनले बताए। उनले अनावश्यक विषयमा बढी टिप्पणी गर्ने प्रवृत्ति त्याग्न र आवश्यक मुद्दामा केन्द्रित भएर स्पष्ट धारणा राख्न सांसदहरूलाई सुझाव दिए। ‘पार्टीमा एकथरी मानिस बोल्ने एकथरी चुप लाग्ने स्थिति भयो।

स्टाटस लेख्छन् साथीहरु तर चाहिने भन्दा नचाहिने कुरामा बढि लेख्छन्। यसलाई सुधार्नु पर्नेछ। नराम्रो कामबाट हामी पछाडि पारिएको होइन् राम्रो कामबाट हमलामा परेका हौं। त्यसैले हामी हतासिनु पर्ने आवश्यक छैन्। उच्च मनोबलका साथ काम गर्नुपर्छ।’ उनले यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय रहेको धारणा राखे।

नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा सिजन कार्की सम्मानित

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित

Read More »

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । कांग्रेसका

Read More »

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका

Read More »

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि

Read More »