कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण र अधुरो भएको बताएका छन्।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार स्म्मेलन गर्दै उनले प्रतिवेदनमा भदौै २३ को आन्दोलनबारे प्रकाश पार्न खोजिएको भएतापनि २४ गतेको घटनालाई अलपत्र छाडिएको बताए।

उनले भने,‘अहिले जेनजी आन्दोलनको विषयमा प्रतिवेदन आएको छ। यसलाई विशेषगरी के भन्छौ भने प्रथम दृष्टिमा अपूर्ण र अधुरो देखियो। पूर्णता पाएको जस्तो देखिएको छैन्। २३ को आन्दोलनबारे जति प्रकाश पार्न खोजिएको छ, २४ गतेको घटनालाई अलपत्र छाडिएका जस्तो देखियो। यद्यपी त्यो प्रतिवेदन थप गम्भीर अध्ययन गर्छौ। हामीले एउटा धारणा बनाउन कानुनविद ,प्रशासनमा अनुभव भएका, जेनजी आन्दोलनमा सहभागीहरुसँग छलफल गर्नेछौं।’

त्यस्तै उनले जनादेशबाहेक शासनको स्रोत अरु केही नभएको बताए। पार्टीले हारेपनि प्रणालीले हार्न नहुने उनको भनाई छ।‘देशको राजनीतिक परिवर्तनमा विशिष्ट स्थिति देखा परेको छ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। जनादेश बाहेक शासनको स्रोत अरु केही भन्ने कुरा स्थापित भएको छ। पार्टी हार्ने जित्ने भइरहन्छ, तर प्रणाली हार्न हुँदैन्,’उनले भने।

नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा सिजन कार्की सम्मानित

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित

Read More »

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । कांग्रेसका

Read More »

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका

Read More »

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि

Read More »