सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ, १३ चैत । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा रु चार हजार ६०० ले घटेको छ भने चाँदी पनि रु १५० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६७० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

रुपन्देहीमा माइक्रो बसहरू आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते

बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह गणेशनगरस्थित नजिक माइक्रो

Read More »

बागमतीका सांसदले ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामला तथा योजना

Read More »

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको सुझाव

काठमाडौँ । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलको

Read More »

अंग प्रत्यारोपणमा किष्ट अग्रणी, १५औं कलेजो प्रत्यारोपणले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं, नेपाल । किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ। यस

Read More »

खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु

Read More »

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक

Read More »