हतारमा गरिएको निर्णयले अस्थिरता बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गठन गरेको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’को प्रतिवेदन कार्यान्वयन गर्ने वर्तमान सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएकी हुन् ।

आयोगको प्रतिवेदन पूर्ण नभएको विभिन्न अध्ययनहरूले देखाएको उल्लेख गर्दै उनले सरकार गठन भएको पहिलो दिनमै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिनु हतारपूर्ण भएको बताइन् । साथै, सोही निर्णयअन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषय अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने खालको भएको उनले उल्लेख गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीका अनुसार कुनैपनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ । हतारमा गरिएका निर्णयहरूले विधिको शासनप्रति जनविश्वास कमजोर पार्ने र मुलुकमा अस्थिरताको जोखिम बढाउने चेतावनी उनले दिएकी छन् ।

सुशासनलाई प्राथमिकता दिएको वर्तमान सरकारबाट यस्तो कदम चालिनु दुःखद् भएको बताउँदै उनले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णय पुनर्विचार गरी फिर्ता लिन आग्रह गरेकी छन् । साथै, सरकारलाई संयमता अपनाई विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणमा गम्भीर हुन अपिल गरेकी छन् ।

नेपाल रिकण्डिसन अटो व्यवसायी संघद्वारा सिजन कार्की सम्मानित

काठमाडौं । नेपाल रिकण्डिसन अटो व्यवसायी संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन तथा दशौं वार्षिक साधारण सभाको अवसरमा संस्थाका कार्यलय प्रमुख सिजन कार्कीज्यूलाई सम्मान–पत्र प्रदान गरी सम्मानित

Read More »

१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् । कांग्रेसका

Read More »

फिफा विश्वकप : ब्राजिल र मोरक्को, स्कटल्यान्ड र हाइटी आमनेसामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछ । न्यु जर्सीस्थित

Read More »

कुलमानको दाबी– अब उज्यालो नेपाल कतै मिसिँदैन, नयाँ पार्टीको विकल्प बन्छ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अब नयाँ पार्टीको विकल्प उनेपा मात्रै रहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश

Read More »

आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले राज्यको स्थायी सत्ता र कर्मचारीतन्त्रमा दलित समुदायको प्रतिनिधित्व अझै निराशाजनक रहेको बताएका

Read More »

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि

Read More »