नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भएको हो, जुन ११५ कारोबार दिनपछि १०० अंकभन्दा बढीको गिरावट हो । यसअघि गत असोज २ गते नेप्से १६०.३३ अंकले घटेको थियो । त्यसपछि आज पहिलो पटक पुनः तीन अंकको गिरावट देखिएको हो। यद्यपि, यसबीच नेप्से दुई पटक १०० अंकभन्दा बढीले बढेको पनि थियो।

यस दिन सेन्सेटिभ इन्डेक्स १५.६२ अंकले घट्दा फ्लोट इन्डेक्स ७.४१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.६६ अंकले ओरालो लागेको छ। नेप्सेमा उच्च गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ३४५ वटा कम्पनीका १ लाख ४१ हजार ३६ पटकका कारोबारबाट १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन ३ करोड १२ लाख कित्ता शेयर कारोबार भएको हो।

कारोबारका क्रममा ६ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए। सकारात्मक सर्किटमा कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्डा हाइड्रो इलेक्ट्रिक रहेका छन्।

यस्तै, ७ कम्पनीका शेयर नकारात्मक सर्किटमा पुगेका छन्। नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भि इनर्जीका शेयरमा उच्च गिरावट देखिएको हो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो, जसको ५८ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यस्तै सिवम सिमेन्टको ४५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच हुँदा ङादी ग्रुप पावरको कारोबार रकम ४२ करोड रुपैयाँ नाघेको छ।

उपसमूहगत रूपमा हेर्दा आइतबार सबै १३ वटै उपसमूह ओरालो लागेका छन्। जसमध्ये ‘अन्य’ उपसमूह सर्वाधिक ६।०९ प्रतिशतले घटेको छ। जलविद्युत र विकास बैंक उपसमूह ४ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहमा पनि ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। समग्रमा बजारमा व्यापक बिक्री दबाब देखिँदा नेप्सेमा उच्च अंकको गिरावट आएको विश्लेषकहरू बताउँछन् ।

रुपन्देहीमा माइक्रो बसहरू आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते

बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह गणेशनगरस्थित नजिक माइक्रो

Read More »

बागमतीका सांसदले ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामला तथा योजना

Read More »

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको सुझाव

काठमाडौँ । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलको

Read More »

अंग प्रत्यारोपणमा किष्ट अग्रणी, १५औं कलेजो प्रत्यारोपणले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं, नेपाल । किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ। यस

Read More »

खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु

Read More »

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक

Read More »