फाप्ला क्रिकेट रंगशालालाई विश्वसँग जोड्छौं : मन्त्री पोखरेल

काठमाडौं : युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीस्थित फाप्ला क्रिकेट रंगशालालाई विश्वस्तरमा जोड्ने गरी विकास गरिने बताएका छन् । मंगलबार फाप्ला मैदान निरीक्षण तथा खेलाडीसँगको अन्तरक्रियाका क्रममा मन्त्री पोखरेलले रंगशालाको स्रोत व्यवस्थापन र सञ्चालनलाई अझ प्रभावकारी बनाइने जानकारी दिए ।

‘सबैभन्दा ठूलो क्षेत्रफल भएको र धेरै संख्यामा दर्शक अट्ने प्याराफिट भएको फाप्ला क्रिकेट रंगशालालाई राज्यले महत्वका साथ लिएको हुनाले नै अहिलेको अवस्थामा आइपुगेको छ । यसको स्रोत व्यवस्थापन र सञ्चालन प्रभावकारितालाई ध्यान दिनेछौं’ मन्त्री पोखरेलले भने ।

मन्त्री पोखरेलले फाप्ला पुगेर केहीबेर त्यहाँका स्थानीय युवा खेलाडीहरूसँगे क्रिकेट पनि खेलेका थिए । कैलालीका सांसद केपी खनाल र अछामका रास्वपा नेता भूपदेव शाहलगायत पनि पोखरेलसँगै फाप्ला पुगेका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पोखरेलले त्यसअघि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षण समेत गरेका थिए ।

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक

Read More »

लुम्बिनीका नवनियुक्त पाँचजना मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ५ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Read More »

भारत भ्रमणबारे रवि लामिछानेले दलहरूलाई गराए जानकारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् । उनले आज सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे

Read More »

प्रतिपक्ष कमजोर छ भन्दैमा संवैधानिक सीमा नभत्काइयोस् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन् ।

Read More »

रविले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु

Read More »

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

रौतहट : गत भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन

Read More »