नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

रौतहट : गत भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन अभावले नगरपालिकाबाट गरिने सेवा प्रवाह प्रभावित बनिरहेको छ ।

विसं २०७५ मा निर्माण गरिएको सुविधा सम्पन्न भवन जेन जेड आन्दोलनका क्रममा आगोले ध्वस्त भएको थियो । आगजनीबाट भवनको भुँइतला, पहिलो र दोस्रो तला पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । आगलागीबाट रु आठ करोडभन्दा बढीको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले बताए ।

“भवन पुनर्निर्माण हुन नसक्दा नगरपालिकाको दैनिक कार्यसम्पादन प्रभावित बनेको छ”, उनले भने । स्थानीय सरकारले नागरिकलाई सहज ढङ्गले सेवा प्रवाह गर्न जतिसक्दो चाँडो भवन पुनर्निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रशासनिक भवन जलेपछि अहिले भाडाको घरबाट नगरपालिकाले कामकाज गर्दै आएको छ । उक्त भाडाको घरमा धेरै शाखालाई एउटै भवनभित्र व्यवस्थापन गर्न कठिनाइ भइरहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए। एउटै कोठामा एकभन्दा बढी शाखा सञ्चालन गर्नुपर्ने बाध्यता र साँघुरो कार्यस्थलका कारण सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसअन्तर्गतको केन्द्रीय निर्माण वस्तु परीक्षणशाला ललितपुरबाट आएको प्राविधिक टोलीले भवनको संरचनात्मक अवस्थाको स्थलगत निरीक्षण गरेर प्रतिवेदन बुझाएको छ । गत माघमा आगलागीबाट प्रभावित कङ्क्रिट, माटो र खरानीका नमुना सङ्लन गरी प्राविधिक परीक्षणपश्चात् अध्ययन गरेर परीक्षणशालाले गैर विनाशकारी तथा अर्धविनाशकारी परीक्षणका नतिजाका आधारमा चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवनमा आवश्यक संरचनात्मक सुदृढीकरण उपाय कार्यान्वयन नभएसम्म तत्काल भवन प्रयोग वा पुनः प्रयोग नगर्न सिफारिस गरेको चन्द्रपुर नगरपालिकाका इन्जिनियर महेश बरालले जानकारी दिए ।

पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरका सहप्राध्यापक डा. क्षितिजचरण श्रेष्ठ, उपप्रध्यापक ई अरुण पौडेल, ई कबिन लामिछाने र ई अरुन सुवेदीले उक्त क्षतिग्रस्त भवनको अवस्थाबारे जानकारी लिएको थियो । नगरपालिका भवन पुनर्निर्माणमा रु. तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ । सो भवन पुनर्निर्माण गर्न नगर विकास कोषबाट ३० प्रतिशत अनुदान, ५० प्रतिशत सहुलियत ऋण र २० प्रतिशत नगरपालिकाको लागत सहभागितामा पुनर्निर्माण गर्ने योजना बनाएको नगरप्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिए ।

भाडाको भवनमा कार्यालय सञ्चालन गर्दा मासिक रूपमा ठूलो रकम खर्च भइरहेको छ भने सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । नगरपालिकाका कर्मचारीका अनुसार पर्याप्त कार्यकक्ष नहुँदा कागजात व्यवस्थापन, बैठक सञ्चालन तथा शाखागत समन्वयमा पनि समस्या देखिएको छ । अहिले भाडाको घरमा नगरपालिकाका प्रमुख काफ्ले र उपप्रमुख जयमाला चौधरीको कार्यकक्ष नै छैन । नगरप्रमुख र उपप्रमुख कर्मचारीको कोठामा गएर कार्यसम्पादन गर्दै आएका छन् ।

प्रतिपक्ष कमजोर छ भन्दैमा संवैधानिक सीमा नभत्काइयोस् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन् ।

Read More »

रविले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु

Read More »

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

रौतहट : गत भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन

Read More »

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »