मन्त्री र सांसदले आफ्ना आफन्तलाई पदमा नियुक्त गरेको सुन्न नपरोस् : सांसद महावीर पुन

काठमाडौँ । सांसद महावीर पुनले देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।

सांसद पुनले नेपाल एकीकरणपछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने प्रवृत्ति सिर्जना गर्न आग्रह गरे। फरक प्रसङ्गमा बोल्दै उनले गुल्मी जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए पनि सोअनुसारका सेवा–सुविधा नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘गुल्मी जिल्लालाई २०७५ सालमा हिमाली जिल्ला घोषणा गरिएको रहेछ। तर हिमाली जिल्लाले पाउने सुविधाहरू केही पनि त्यहाँ पुगेको रहेनछ। हिमाली जिल्लाले पाउनुपर्ने सेवा सुविधाहरू उपलब्ध गराउन अनुरोध गर्दछु।

साथै म सरकार र सबै राजनीतिक दलहरूलाई के अनुरोध गर्न चाहन्छु भने, नेपालमा सदियौँदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता भाइरसबाट बच्नुहोस्। यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाहको पालादेखि सुरु भएको हो। यो भाइरसले अझै पनि छोडेको छैन। आगामी दिनमा यो मन्त्रीले, सांसदले आफ्ना आफन्तलाई फलानो पदमा नियुक्त गर्‍यो भन्ने कुरा सुन्नु नपरोस्।’

लुम्बिनीका नवनियुक्त पाँचजना मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ५ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Read More »

भारत भ्रमणबारे रवि लामिछानेले दलहरूलाई गराए जानकारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् । उनले आज सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे

Read More »

प्रतिपक्ष कमजोर छ भन्दैमा संवैधानिक सीमा नभत्काइयोस् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन् ।

Read More »

रविले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु

Read More »

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

रौतहट : गत भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन

Read More »

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »