प्रदेश सरकार खर्चिला छैनन् : मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की) : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जुन रुपमा प्रदेश सरकार खर्चिलो भयो भनेर बाहिर प्रचार भइरहेको छ, त्यो भ्रम मात्र भएको बताएका छन् ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सातौँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘सङ्घीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका’ विषयक नीति संवाद कार्यक्रममा मुख्यमन्त्री पाण्डेले त्यस्तो भ्रममा नपर्न आग्रहसमेत गरे ।

महालेखाको वित्तीय विवरणअनुसार सङ्घ सरकारको ५० प्रतिशत, स्थानीयको ४५ प्रतिशत र प्रदेश सरकारको पाँच प्रतिशत खर्च हुने गरेको तथ्याङ्क मुख्यमन्त्री पाण्डेले जानकारी दिए । गण्डकी प्रदेश सरकारले खर्च कटौती गर्ने उद्देश्यले एक वर्षअघि कर्मचारी कटौती र केही कार्यालय ‘मर्ज’ गरिएको जानकारी मुख्यमन्त्री पाण्डेले बताए ।

“सङ्घीयताको मर्म र भावना नबुझ्ने हो भने सङ्घीयता खारेज गरिदिए हुन्छ”, मुख्यमन्त्री पाण्डेले भने, “जनताको घरआँगनको सरकार हो, जनताको गाली र उनीहरुले नै चाँहदैनन् भने फालिदिए हुन्छ ।”

संविधानसभा सदस्य डा राधेश्याम अधिकारीले प्रतिष्ठानले सङ्घीयतालाई कसरी सवल बनाउने भन्नेतर्फ अगाडि बढ्दै अनुसन्धान, तालिम र परामर्शमा जुट्न आग्रह गरे ।

पूर्वमुख्यसचिव डा सोमलाल सुवेदीले नेपालको सङ्घीय शासन प्रणालीलाई मजबुत बनाउन चार वटा मुख्य स्तम्भमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारी, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डराज घिमिरेलगायतले आफ्ना भनाइ राखेका थिए । 

लुम्बिनीका नवनियुक्त पाँचजना मन्त्रीले लिए शपथ

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ५ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

Read More »

भारत भ्रमणबारे रवि लामिछानेले दलहरूलाई गराए जानकारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् । उनले आज सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे

Read More »

प्रतिपक्ष कमजोर छ भन्दैमा संवैधानिक सीमा नभत्काइयोस् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफ्नो गणितीय बहुमतको आडमा संवैधानिक सीमा र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउन खोजेको बताएका छन् ।

Read More »

रविले बोलाएको सर्वदलीय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु

Read More »

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

रौतहट : गत भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन

Read More »

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »