ओपनएआईका सीईओ साम अल्टम्यानको घरमा पेट्रोल बम प्रहार, २० वर्षीय युवक पक्राउ

स्यान फ्रान्सिस्को । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानको घरमा पेट्रोल बम प्रहार भएको छ। स्यान फ्रान्सिस्को प्रहरीले अल्टम्यानको घरमा मोलोटोभ ककटेल (प्रज्वलनशील पदार्थ भरिएको बोतल) प्रहार गरेको र कम्पनीको मुख्यालय बाहिर धम्की दिएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार शुक्रबार बिहान ४:१२ बजे एक अपरिचित पुरुषले नर्थ बीचस्थित अल्टम्यानको निवासमा विष्फोटक पदार्थ फालेर पैदलै फरार भएका थिए। त्यसको करिब एक घण्टापछि अर्को एउटा भवन जलाउने धम्की दिइरहेको सूचनाका आधारमा प्रहरीले २० वर्षीय शङ्कास्पद युवकलाई नियन्त्रणमा लियो।

अनुसन्धानका क्रममा अल्टम्यानको घरमा भएको आगजनीमा पनि उनकै संलग्नता देखिएको प्रहरीले पुष्टि गरेको छ। घटनामा कसैलाई पनि चोटपटक नलागेको ओपनएआईका प्रवक्ताले जानकारी दिएका छन्। उनले स्यान फ्रान्सिस्को प्रहरीको तत्काल सक्रियताका लागि आभार प्रकट गर्दै अनुसन्धानमा सहयोग गरिरहेको बताए।

आक्रमणको ठोस कारण अझै खुल्न सकेको छैन, तर पछिल्लो समय एआई प्रविधि र यसको सैन्य प्रयोगलाई लिएर ओपनएआई चर्को दबाब र आलोचनामा छ। विशेष गरी अमेरिकी सरकारसँग गोप्य सैन्य अपरेसनमा प्रविधि प्रयोग गर्न दिने सम्झौतापछि कम्पनीको विरोध भइरहेको छ। घटनापछि सीईओ अल्टम्यानले एक ब्लग पोस्टमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

‘हाम्रो उद्योगको धेरैजसो आलोचना यो प्रविधिको जोखिमप्रति चिन्तित रहेका मानिसहरूबाट हुने गर्छ,‘ उनले लेखेका छन्, ‘यसबारे बहस गरिरहँदा हामीले शब्द र रणनीतिमा संयमता अपनाउनुपर्छ र घरहरूमा हुने विष्फोटहरूलाई रोक्न प्रयास गर्नुपर्छ।’ एक हालैको सर्वेक्षणले अमेरिकामा एआई प्रविधिको लोकप्रियता अध्यागमन विभाग (आईसीई) भन्दा पनि 

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »