विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव मागेका हुन् । २ दिने बिदाबाट खासै उपलब्धि नदेखिएको उनको भनाइ छ ।
कार्कीले लेखेका छन्, ‘कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत कार्यालयलाई हप्ताको ६ दिन नै कार्यदिन बनाएर (साबिक झैँ बिदा शनिबार १ दिन मात्रै) कायम गर्दा कस्तो होला रु हप्ताको ५ दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा इन्धन बचतमा खासै उपलब्धि देखिएन । यहाँको सुझाव पाउँ !,’ ।










