वैदेशिक रोजगारीमा जाँदा थप बिल-रसिद बुझाउनु पर्दैन : अध्यागमन विभाग

काठमाडौँ : अध्यागमन विभागले वैदेशिक रोजगार विभागबाट जारी सूचना तथा सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले बुझाउनुपर्ने कागजातका विषयमा अन्योल सिर्जना गरेको भन्दै प्रस्ट पारेको छ।

विभागले सूचना जारी गरी वैदेशिक रोजगारीका लागि जाने नेपालीको हकमा वैदेशिक रोजगार विभागबाट जारी भएका श्रम स्वीकृति र राहदानीलगायत न्यूनतम आधारभूत कागजातबाहेक अध्यागमन कार्यालयमा थप कुनै कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने जानकारी गराएको हो।

सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगारीको सिलसिलामा प्रस्थान गर्ने नेपाली श्रमिकहरूको हकमा वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकहरूले नेपाल बाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ।’

यस्तै अध्यागमन विभागले २०८२/०७/१३ मा गृह मन्त्रालयले गरेको निर्णय र प्रचलित अध्यागमन कानुनअनुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकका सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश प्रस्थान गर्न सकिने बताएको छ।

सूचनाको अन्त्यमा भनिएको छ, ‘यस सम्बन्धमा विदेश यात्रा गर्ने नेपाली नागरिकहरू कुनै पनि किसिमको भ्रममा नपरी आफ्नो गन्तव्य मुलुक र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न अध्यागमन विभाग अनुरोध गर्दछ।’

रुपन्देहीमा माइक्रो बसहरू आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते

बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह गणेशनगरस्थित नजिक माइक्रो

Read More »

बागमतीका सांसदले ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामला तथा योजना

Read More »

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको सुझाव

काठमाडौँ । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलको

Read More »

अंग प्रत्यारोपणमा किष्ट अग्रणी, १५औं कलेजो प्रत्यारोपणले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं, नेपाल । किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ। यस

Read More »

खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु

Read More »

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक

Read More »