करेन्ट लागेर सप्तरीमा श्रीमानको मृत्यु, श्रीमती घाइते

सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निवासी ६८ वर्षीय राजकुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो। शुक्रबार बिहान ९ः४५ बजे आफ्नै घरअगाडि श्रीमती ६० वर्षीया जिरावती महतोसँग बसिरहेका बेला नजिकै रहेको विद्युत् पोलबाट २२० भोल्टको तार चुडिँदा दुवै जनालाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएकोमा राजकुमार महतोको उपचारका क्रममा शुक्रबार बिहान ११ः१९ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। घटनामा घाइते भएकी जिरावती महतोको सोही अस्पतालमा उपचारपछि अवस्था सामान्य रहेको र उनी डिस्चार्ज भई घर फर्किएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

रुपन्देहीमा माइक्रो बसहरू आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते

बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह गणेशनगरस्थित नजिक माइक्रो

Read More »

बागमतीका सांसदले ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामला तथा योजना

Read More »

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको सुझाव

काठमाडौँ । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलको

Read More »

अंग प्रत्यारोपणमा किष्ट अग्रणी, १५औं कलेजो प्रत्यारोपणले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं, नेपाल । किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ। यस

Read More »

खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु

Read More »

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक

Read More »