बालेन र रविको एकता लामो समय टिक्दैन : पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिचको सहकार्य दिगो नहुने टिप्पणी गरेका छन्।

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले दुई नेताको मिलन विचारभन्दा पनि स्वार्थबाट प्रेरित भएको आरोप लगाए। उनले कुनै पनि राजनीतिक आन्दोलनमा विचार र भावनाको साटो स्वार्थले मात्र स्थान पाएमा त्यस्तो एकता लामो समय नटिक्ने दाबी गरे।

‘रवि लामिछाने र बालेन चुनावी स्वार्थका लागि मिलेका हुन्, उनीहरूको मन मिलेको छैन,’ पोखरेलले भने, ‘जब विचारले जोड्दैन, त्यो एकता टिक्न सक्दैन भन्ने कुरा हाम्रै पार्टी नेकपाको अनुभवले पनि पुष्टि गरिसकेको छ।’ महासचिव पोखरेलले सत्ता केन्द्रित राजनीतिले समाज परिवर्तन गर्न नसकिने तर्क गर्दै एमाले अबको पाँच वर्ष जनताकै बिचमा रहने सुनाए।

रुपन्देहीमा माइक्रो बसहरू आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते

बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह गणेशनगरस्थित नजिक माइक्रो

Read More »

बागमतीका सांसदले ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामला तथा योजना

Read More »

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको सुझाव

काठमाडौँ । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलको

Read More »

अंग प्रत्यारोपणमा किष्ट अग्रणी, १५औं कलेजो प्रत्यारोपणले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं, नेपाल । किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ। यस

Read More »

खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु

Read More »

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक

Read More »