औपचारिक वार्ताअघि इरानले अघि सार्‍यो अमेरिकाले मान्नैपर्ने ६ सर्त

काठमाडौं । १५ दिने युद्धविराममा रहेका अमेरिका र इरानबीच इस्लामाबादमा आज वार्ता हुँदै छ । वार्ताका लागि इरान र अमेरिकी दुवै मुलुकका प्रतिनिधिमण्डल पाकिस्तान पुगिसेका छन् ।

अमेरिका आफ्ना ६ बुँदामा सहमत भएमात्रै औपचारिक वार्तामा बस्ने अडानमा इरान रहेको अलजजिराले उल्लेख गरेको छ । इरानको पहिलो बुँदा लेबनानामा पनि युद्धविराम कार्यान्वयन हुनुपर्ने रहेको छ ।

इजरायलले लेबनानमा गरेको हमलामा हालसम्म दुई हजार बढीको मृत्यु भइसकेको छ । इजरायलले लेबनान युद्धविरामको हिस्सा नरहेको बताइरहँदा इरानले भने त्यहाँ पनि युद्धविराम लागू हुने अडान राखेको हो ।

दोस्रो, लइरानले आफूमाथि लागेका सम्पूर्ण प्रतिबन्ध हट्नैपर्ने अडान राखेको छ । इरानको यस अडानमा वासिङ्टनले सशर्त मान्न सकिने संकेत गरेको छ । परमाणु तथा क्षेप्यास्त्र विकास कार्यक्रमबाट पछि हटेमा इरानको यो माग सम्बोधन गर्न तयार रहेको अमेरिकाले संकेत गरेको छ ।

यस्तै इरानले स्ट्रेट अफ होर्मुजमाथिको आफ्नो अधिकार अमेरिकाले स्वीकार गर्नुपर्ने बताएको छ । त्यहाँको राजश्व निर्धारण आफूले नै गर्ने उसको सर्त छ । यता अमेरिकाले भने कुनै पनि सर्त र शुल्कबिना कन्टेनर छोड्नुपर्ने माग राखिरहेको छ ।

इरानले ६ साता लामो युद्धका कारण अमेरिकाले मुलुकमा पु¥याएको विध्वंसको क्षतिपूर्ति तिर्नुपर्ने माग राखेको छ । यस विषयमा अमेरिकाले औपचारिक प्रतिक्रिया केही दिएको छैन । इजरायल र अमेरिकाले इरानको क्षेप्यास्त्र कार्यक्रम पूर्ण रूपमा बन्द हुनुपर्ने माग राखेका छन् ।

इरानले यो सर्त इरानले पालना गर्न नसक्ने सन्देश दिइसकेको छ । यस्तै इरानले आफ्ना वरिपरि रहेका अमेरिका सैन्य फौज र संरचना हट्नैपर्ने भनेको छ ।

भविष्यमा कुनै पनि हमला नहुने सुनिश्चितता हुनुपर्ने माग राखेको छ । ट्रम्पले शान्ति वार्ता सम्पन्न भएको खण्डमा उक्त माग पुरा गर्न सकिने बताएका छन् ।

रुपन्देहीमा माइक्रो बसहरू आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते

बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह गणेशनगरस्थित नजिक माइक्रो

Read More »

बागमतीका सांसदले ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामला तथा योजना

Read More »

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको सुझाव

काठमाडौँ । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलको

Read More »

अंग प्रत्यारोपणमा किष्ट अग्रणी, १५औं कलेजो प्रत्यारोपणले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं, नेपाल । किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ। यस

Read More »

खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु

Read More »

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक

Read More »