सनकको भरमा पर्यटन नीति परिवर्तन नगर्न सरकारलाई पर्यटन व्यवसायीको सुझाव

काठमाडौं । पर्यटन व्यवसायीहरूले सनकको भरमा पर्यटन नीति, नियमहरूमा परिवर्तन नगर्न सरकारलाई सुझाव दिएको छ । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) को १८ औँ वार्षिक साधारण सभामा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा पर्ने दीर्घकालीन असरलाई मध्यनजर गर्दै सोचविचार पुर्‍याएर मात्रै पर्यटन नीति, नियममा परिवर्तन गर्न सरकारलाई सुझाएका हुन् ।

सभामा सोट्टो नेपालका अध्यक्ष मान बहादुर शाहीले नेपालको पर्यटन क्षेत्र अपार सम्भावनाले भरिएको धारणा राखे । हिमाल, पहाड, तराई, विविध संस्कृति, सम्पदा, साहसिक पर्यटन, धार्मिक पर्यटन तथा ग्रामीण पर्यटन जस्ता विषयले नेपाललाई विश्व पर्यटन बजारमा विशेष स्थान दिलाउने भन्दै यसको सदुपयोगमा लाग्नुपर्ने भनाइ राखे । यी सम्भावनालाई व्यवहारमा परिणत गर्न निजी क्षेत्र, सरकार र स्थानीय समुदायबिच घनिष्ठ सहकार्य आवश्यक रहेको उनले बताए । नेपालमा जेनजी सरकारबाट हाल स्थायी सरकार निर्माण भएकोमा केही आशा र भरोसा गर्ने अवस्था सृजना भएको उनले बताए । अध्यक्ष शाहीले पर्यटन क्षेत्रमा भएका समस्या समाधानका लागि स्थायी प्रकृतिको नीति लिन सरकारलाई सुझाए ।

सभामा संस्थाका निवर्तमान अध्यक्ष भुवन बहादुर पाण्डेले जेनजी आन्दोलनपछि बनेको सरकारले पर्यटनसँग सम्बन्धित नीति बनाउँदा दीर्घकालसम्म त्यसको असर के पर्दछ भनेर ध्यान दिन सरकारलाई सुझाए । पाण्डेले पर्यटन नीति, नियम बनाउँदा सनकको भरमा लागु गर्ने र सनकको भरमा हटाउने काम नगरियोस् भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । त्यसै गरी पर्यटन प्रवर्द्धनको सहकार्यमा नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण गराए ।

सोट्टोका पूर्व अध्यक्ष यम बहादुर खड्काले साना व्यवसायीलाई भ्याटको समस्या रहेको भन्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले नयाँ परिस्थिति अनुसार पर्यटनमा नयाँ समस्या निम्तिएको र त्यसको समाधानको उचित कदम चाल्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुमन घिमिरेले मध्यपूर्व युद्धको चपेटामा परेको नेपाली पर्यटन उद्योगमा त्यसैबाट अवसर सिर्जना गर्न सकिने धारणा राखे । यसतर्फ सोच्न उनले व्यवसायीलाई आग्रह गरे । अहिले शक्तिशाली सरकार आएको र यसले सबैमा आशा जगाएको उनको भनाइ थियो । उनले सोट्टो नेपालका कार्यक्रमहरूलाई बोर्डको आगामी बजेटमा समावेश गराइने भनाइ राखे ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष दिनेश बस्नेत, महासचिव कुमार पराजुली, कोषाध्यक्ष मदुसुदन नेपाल लगायत उपस्थित वक्ताहरूले पर्यटन उद्योग अर्थतन्त्रको आधार रहेको भन्दै नयाँ रणनीति तय गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । साधारण सभा शनिबार अबेर सम्पन्न भएको हो । सभाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र नयाँ तथा ओझेलमा परेका गन्तव्यहरूको प्रचार प्रसार लागि बुँदागत नयाँ रणनीतिहरू पनि सार्वजनिक गरेको छ ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »