प्राकृतिक सम्पदाको संरक्षणबाट स्थानीय अर्थतन्त्र सुदृढ हुन्छ : मुख्यमन्त्री आचार्य

रुकुम पूर्व । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनबाट स्थानीय अर्थतन्त्र बलियो हुने भएकाले रुकुम पूर्वका सम्पदाको संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताएका छन् ।

सिस्ने गाउँपालिका–६ आला बाहुनडेरा, रुकुमकोटमा निर्माण गरिएको देउवर काजी मन्दिरको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन प्राकृतिक स्रोतसाधनको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन अपरिहार्य रहेको धारणा राखेका हुन् । ‘यहाँका प्राकृतिक सम्पदालाई संरक्षण गरेर, जगेर्ना गरेर र प्रवर्द्धन गरेर आत्मनिर्भर बन्न सक्छौँ,’ उनले भने, ‘यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भूमिका खेल्ने दायित्व हामी सबैको हो ।’ उनले रुकुम पूर्वको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

‘प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । अझै धेरै काम गर्न बाँकी छन् । ती बाँकी कामलाई अगाडि बढाउन प्रदेश सरकारले ध्यान दिनेछ,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्राकृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि सबैले ध्यान दिन आवश्यक छ ।’

पर्यटकलाई रुकुम पूर्व भ्रमण गराउने उद्देश्यले सरकारले योजनाबद्ध रूपमा काम गर्ने पनि उनले बताए । ‘यहाँ पर्यटक भित्र्याउन हामी सबैले सक्रिय हुनुपर्छ,’ उनले भने, ‘हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने गरी सरकारले पहल गर्नेछ ।’

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »