विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरिका विमानस्थलहरूमा सरसफाइ र यात्रु सेवा सुधार गर्न विशेष अभियान सञ्चालन गरेको छ ।

मन्त्रालयले गत शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरिका सबै विमानस्थलमा यात्रु सेवा, सरसफाइ तथा मानवमैत्री सुविधाहरू तत्काल सुधार गर्न २४ घण्टे निर्देशन दिएको थियो ।

निर्देशनपछि विभिन्न विमानस्थलहरूले सुधारका कार्यहरू अघि बढाएका छन् । भद्रपुर विमानस्थल र तुम्लिङटार विमानस्थल लगायतका स्थानमा सरसफाइ र व्यवस्थापन सुधार भएको दृश्य मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेको छ ।

यद्यपि, यी सुधारहरू दीर्घकालीन अभ्यासमा रूपान्तरण हुन्छन् कि केवल अभियानमै सीमित रहन्छन् भन्ने विषयमा चासो बढ्दै गएको छ ।
विशेषगरी स्तनपान कक्ष अनिवार्य बनाउने तथा महिला यात्रुका लागि निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था सकारात्मक पहलका रूपमा हेरिएको छ । तर यस्ता सुविधा सबै विमानस्थलमा समान रूपमा लागू हुन्छन् कि हुँदैनन्, र तिनको दिगोपन कसरी सुनिश्चित गरिन्छ भन्नेमा अझ स्पष्टता आवश्यक देखिएको छ।

यसैगरी, विश्व स्वास्थ्य संगठनका मापदण्डअनुसार शौचालय तथा सार्वजनिक क्षेत्रको सरसफाइ कायम गर्ने निर्देशन स्वागतयोग्य मानिए पनि त्यसको प्रभावकारी अनुगमन र मूल्यांकन प्रणालीबारे प्रश्न उठ्न थालेका छन्।

मन्त्रालयले भने यो अभियानलाई प्रचारमुखी नभई दीर्घकालीन सुधारको सुरुवातका रूपमा अघि बढाइएको जनाएको छ । यात्रुको अनुभव सुधार गर्ने, स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने तथा अन्तर्राष्ट्रियस्तरको सेवा प्रवाह गर्ने लक्ष्य राखिएको भए पनि यसको सफलताको वास्तविक मापन कार्यान्वयनको निरन्तरतामै निर्भर रहने देखिन्छ।

सरकारको पहलसँगै विमानस्थल सुधारको बहस अब ‘कति सफा भयो’ भन्दा पनि ‘कति समयसम्म सफा रहन्छ’ भन्ने प्रश्नतर्फ केन्द्रित हुन थालेको छ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »