मेरो नाममा केही छैन, आमाको नाममा भिरालो पाखो र उतिस घारी मात्रै छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। पछिल्लो समय आफ्नो सम्पत्तिलाई लिएर चासो र चर्चा हुन थालेपछि उनले फेसबुकमार्फत पैतृक र व्यक्तिगत सम्पत्तिको फेहरिस्त सार्वजनिक गर्ने घोषणा गरेका हुन्।

उनले आफ्नो नाममा कुनै पनि व्यक्तिगत सम्पत्ति नरहेको दाबी गर्दै पुर्ख्यौली सम्पत्तिको रूपमा खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखाने गाउँमा केही खेतबारी रहेको उल्लेख गरेका छन्। ‘मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा छ, जहाँ पाखारेखा, खरबारी, बाँस र उतिस घारीहरू छन्,’ साम्पाङले फेसबुकमा लेखेका छन्।

उनले आफ्नो पुर्ख्यौली थलो भिरालो पाखामा रहेको र त्यसमा दाजुभाइ तथा दिदीबहिनीहरूले अहिलेसम्म अंशबण्डा नगरेको समेत प्रष्ट पारेका छन्। व्यक्तिगत कमाइका बारेमा चर्चा गर्दै उनले वैदेशिक रोजगारीमा रहँदा जोडेको ४ देखि ५ तोला सुन र बैंकमा २ देखि ४ लाख रुपैयाँ मात्र ब्यालेन्स हुन सक्ने बताएका छन्।

साम्पाङले आफ्नो सम्पत्ति विवरण केही दिनमै औपचारिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएका छन्। सधैँ पारदर्शी र जनपक्षीय काम गर्ने दाबी गर्दै आएका उनले सम्पत्ति विवरण मागेकाहरूलाई लक्षित गर्दै आफ्नो वास्तविक अवस्था यही भएको बताएका हुन्।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »