टोखामा विस्केट जात्रा सुरु

काठमाडौँ : टोखामा बिस्केट जात्रा सुरु भएको छ । नेवार समुदायको बाहुल्य रहेको यहाँको सपनतीर्थमा मेला पनि लागेको छ । जात्रा व्यवस्थापन समितिका सहसंयोजक गणेशमान श्रेष्ठका अनुसार हिजो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलाग: टोलमा, चण्डेश्वरीको रथ थलाग: टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइएको थियो ।

आज बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बलि पूजा लिइ कोठु गणेश र मसानकाली दुवै रथ थलाग: टोलमा बिसाइन्छ । आज अपराह्न तलेजुबाट सिन्दुरजात्रा गरिन्छ ।

वैशाख ३ गते बिहान तपलाक्षी:बाट सिन्दुरजात्रा गरी देवता हासल टोलमा देव रथ बिसाइन्छभने अपराह्न जीवित देवी कुमारीसहित सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याइने उनले जानकारी दिए ।

जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान बाजागाजासहितको सन्दुरजात्राले गाउँ परिक्रमा गर्ने कार्यक्रम छ । वैशाख ५ गते बिहान लिङ्गो ढालेसँगै जात्रा समापन हुन्छ ।

टोखामा आज सार्वजनिक बिदा
बिस्केट जात्राका अवसरमा टोखा नगरपालिकाले आज टोखा नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ । गत चैत १५ गतेको टोखा कार्यपालिका बैठकले आज नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »