चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन : चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ । सो टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै आज पाल्पा आइपुगेको हो ।

टोलीले चैत २७ गतेदेखि पदयात्रा सुरु गरेको थियो । पदयात्रामा आएको फौजले पाल्पामा तैनाथ फौजलाई पाल्पा र स्याङ्जाको सिमाना केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ । उक्त टोलीलाई आज बिहान भव्य स्वागत गरिएको छ ।

स्वागतमा तनहुँबाट आएको सेनाको टोलीले पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण र २ नम्बर राज दल गणका प्रमुख सेनानी अनुप थापाले २२ नम्बर गणका बाहिनी पति विमलराज शर्मालाई बलेको दियो टर्च हस्तान्तरण गरेका थिए । टोलीलाई पाल्पास्थित नेपाली सेनाको दि फेमस महिन्द्र दल गणले केलादीमा स्वागत गरेको हो ।

ऐतिहासिक महत्त्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा गरिरहेको छ । उक्त पदयात्राका क्रममा सेनाको टोली अहिले पाल्पा आइपुगेको हो ।

यात्राले ऐतिहासिक गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्वद्र्धन र विकास गर्न सघाउ पुग्ने प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले विश्वास व्यक्त गरिन् । नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा सेना पदयात्रामा निस्किएको हो ।

उक्त टोलीको प्रतिनिधिमण्डल र पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ले पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने छन् । उक्त टोलीले पहिलो दिन केलादीघाट हुँदै विरकोट, पूर्वखोला ३५ किलोमिटर यात्रा गर्दै छ । वैशाख ३ गते विरकोट, पूर्वखोलादेखि गोठादी, माथागढी, ३९ किलोमिटर टोलीले पदयात्रा गर्ने पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ कार्यवाहक सेनानी डिलबहादुर राना मगरले जानकारी दिए । उनका अनुसार वैशाख ४ गते गोठादी, माथागढीदेखि प्रभास, तानसेन ३५ किलोमिटर यात्रा गर्ने छ ।

वैशाख ५ गते प्रभास–तानसेन काजीपौवा हुँदै प्रभास १७ किलोमिटर यात्रा गर्ने छ । वैशाख ६ गते प्रभासदेखि दोभान ३२ किलोमिटर यात्रा हुने छ । वैशाख ७ गते नेपाली सेनाले अङ्ग्रेज सेनालाई पराजित गरी विजय उत्सव गरेको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगी बुटवलको टोलीलाई झण्डा हस्तान्तरण गरी जितगढी विजय उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ ।

तत्कालीन समयमा राज्य एकीकरणको क्रममा प्रयोग भएका सम्पदा गढी, किल्ला, मार्ग देखि नेपाल–अङ्ग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्तामाझ पुनर्ताजगी गराउन पदयात्राले सहयोग गर्ने विश्वास लिइएको छ ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »