सडक आश्रित व्यक्तिको अवस्था पहिचान गरेर मानवोचित व्यवस्थापन गर्नेछौँ : डंगोल

काठमाडौं । ‘हरेक घटनाका ‘टु साइड स्टोरी’ हुन्छन् । काठमाडौंका सडकमा मानिसहरू किन माग्न आउँछन् भन्ने विषयमा पनि यस्ता स्टोरी छन् । सडकमा माग्न बस्नेहरूको आर्थिक, सामाजिक, पारिवारिक स्थिति, व्यक्तिको मानसिक तथा शारीरिक अवस्था र आदत जस्ता पक्षका आधारमा व्यवस्थापन गरेर काठमाडौंलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने योजनामा छौँ ।’ काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान पशुपति क्षेत्रमा सहयोगापेक्षीको अवस्थाको स्थलगत अवलोकन गरिसकेपछि यस्तो योजना सुनाइन् ।

अवलोकनका क्रममा पशुपति क्षेत्रका सुरक्षाकर्मीले माग्नका लागि मोटरसाइकल चढेर व्यक्तिहरू आउने गरेको अनुभव सुनाएकी थिइन् । यस क्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले आफूले ट्याक्सी चढेर आउने, पशुपति क्षेत्रमा माग्ने र ट्याक्सी नै चढेर फर्किने गरेको व्यक्ति भेटेको अनुभव सुनाए । उनीहरूको अनुभव सुनिसकेपछि डंगोलले जसको कोही छैन । जसको केही छैन ।

शारीरिक तथा मानसिक अवस्थाले जीवनयापनका अन्य विकल्प प्रयोग गर्न सकिँदैन । त्यस्ता व्यक्तिलाई आश्रय दिइने, ज्ञान तथा सिप प्रदान गरेर पेसा व्यवसायमा लगाउन सकिनेलाई रोजगारमूलक तथा स्वरोग जारमूलक कार्यक्रममा आबद्ध गराउने बताइन् । यस क्रममा सहभागी भएका धादिङको धुनिवेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौंको यो अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रकाशमणि शर्माले पशुपति क्षेत्रबाट उद्धार गरिएका व्यक्तिहरूलाई राख्न प्रयोग हुने होल्डिङ कक्ष उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »