चितवनमा सवारी दुर्घटना घट्दै, चालु आर्थिक वर्षमा ४५८ दुर्घटना

चितवन । चितवनमा सवारी दुर्घटना हुने क्रम घट्दै गएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटना घट्दै गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आवमा ४५८ वटा सवारी दुर्घटना भएका छन्।

कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अनिल थापाका अनुसार ती दुर्घटनामा परी ८१ जनाको मृत्यु भएको छ भने ८६८ जना घाइते भएका छन् । तीमध्ये ८४ जना गम्भीर घाइते भएका छन् भने ७८४ जना सामान्य घाइते भएका उनले जानकारी दिए। मृत्यु हुनेमा ५६ पुरुष, २२ महिला र तीन जना बालबालिका रहेका उनले जानकारी दिए।

यहाँ भएका दुर्घटनामा ६८० वटा सवारीसाधन परेका छन् । तीमध्ये सबैभन्दा बढी ४०८ वटा मोटरसाइकल रहेका प्रहरी निरीक्षक थापाले बताए । गत आवको सोही अवधिमा जिल्लामा ७७२ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा एक हजार १८७ वटा सवारीसाधन परेका थिए । ती सवारीसाधनमा मोटरसाइकल ५९० रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

प्रहरी निरीक्षक थापाका अनुसार ती दुर्घटनामा परी ८९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ७३ पुरुष, १५ महिला र एक जना बालबालिका रहेका जनाउँदै उहाँले गम्भीर घाइते १३८, सामान्य घाइते एक हजार २२७ जना रहेका बताए।

जिल्लामा सबैभन्दा बढी दुर्घटनाभित्री सडकमा हुने गरेको प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए। उनका अनुसार भित्री सडकमा २४४, पूर्वपश्चिम राजमार्गमा ११२ दुर्घटना भएका उनले बताए। नारायणगढ-मुग्लिन सडकखण्ड, पृथ्वी राजमार्ग र सहरी क्षेत्रका सडकमा १०२ वटा दुर्घटना भएका उनले जानकारी दिए । 

तीव्र गति, उछिन्दा, मादकपदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा बढी मात्रामा दुर्घटना हुने गरेको प्रहरी निरीक्षक थापाले बताए । सचेतनाको कमीले दुर्घटना बढेको पाइएपछि विद्यालयस्तरमा दुर्घटना नियन्त्रणसम्बन्धी अन्तरक्रिया गर्ने, पोष्टर, पम्प्लेट वितरणलगायत कार्यक्रम कार्यालयले गर्दै आएको उनले जानकारी दिए।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »