सर्लाहीमा एक महिनामा १३२ अपराध दर्ता, ९६ जना पक्राउ

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्ष २०८२–०८३ को चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षामा उल्लेख्य गतिविधि भएको जनाएको छ । सार्वजनिक विवरणअनुसार एक महिनाको अवधिमा १३२ वटा अपराध दर्ता भएका छन् भने ९६ जना प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसँग सम्बन्धित विभिन्न मुद्दा दर्ता भएका छन् । जघन्य तथा गम्भीर प्रकृतिका बैंकिङ कसुर, जुवातास, ठगी तथा हातहतियारसम्बन्धी गरी ३५ वटा मुद्दा दर्ता भएका छन् । अनुसन्धानलाई तीव्रता दिँदै प्रहरीले १५ वटा पेण्डिङ मुद्दा सबै फर्छ्योट गरेको जनाएको छ । फैसला कार्यान्वयनतर्फ ५ जना पक्राउ परेका छन् भने उनीहरूबाट ८ वर्ष ४ महिना कैद र २० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

सामाजिक पक्षतर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी परेकोमा २६–४० वर्ष उमेर समूहका पीडित बढी रहेको तथ्यांक छ । हराएका ३२ जनामध्ये १६ जना फेला पारिनु सकारात्मक पक्ष भए पनि बाँकीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको छ । लागूऔषध नियन्त्रणमा प्रहरीले सक्रियता देखाउँदै ३७३.९५० केजी गाँजासहित अन्य लागूऔषध बरामद गर्दै ८ जना पक्राउ गरेको छ ।

यसैबिच, चैत महिनामा १८ जनाले ज्यान गुमाएको तथ्याङ्कले चिन्ता बढाएको छ । यस्ता घटना विशेषगरी १६–२५ र २६–३५ वर्ष उमेर समूहमा बढी देखिएको प्रहरीले जनाएको छ । शान्ति सुरक्षा कायम गर्न प्रहरीले व्यापक रूपमा गस्ती र चेकजाँच सञ्चालन गरेको छ । एक महिनामा ९,२१० वटा ड्युटी परिचालन गर्दै १८,४२० जना जनशक्ति खटाइएको छ ।

सवारी दुर्घटनातर्फ ९६ वटा दुर्घटना हुँदा ५ जनाको मृत्यु र १२९ जना घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको प्रहरीको विश्लेषण छ । ट्राफिक कारबाहीबाट १३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । त्यसैगरी, राजस्व चुहावट नियन्त्रणका क्रममा करिब ७ लाख ७७ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने ८० लिटर अवैध मदिरा नियन्त्रणमा लिइएको छ ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »