पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान

काठमाडौं : हर्कराज राई (साम्पाङ) को उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङको सहभागितामा आयोजित उक्त कार्यक्रममा सरसफाइका साथै विभिन्न श्रमजन्य कामहरू सम्पन्न गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले देशमा सरसफाइलाई तीन तहमा बुझ्नुपर्ने धारणा राखे। उनले मन, तन र वातावरणको सरसफाइ आवश्यक रहेको उल्लेख गर्दै सबै नागरिक तीनै क्षेत्रमा सक्रिय हुनुपर्ने बताए।
‘हामीले सरसफाइ गर्नुपर्छ। सरसफाइ यो देशमा तीन खालको छ–मन, तन र वातावरणको। यी तीनवटै तहका व्यक्ति वा निकायहरु सरसफाइमा लाग्नुपर्छ,’ उनले भने। सो क्रममा पशुपति क्षेत्रमा सरसफाइका साथै आवश्यक श्रमजन्य कामहरु टोलीबाट भएको छ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »