टुक्रे बजेटले विकास होइन, दायित्व मात्र थप्छ : मन्त्री तामाङ

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १० लाख रुपैयाँका टुक्रे योजनाहरूले प्रदेशलाई आर्थिक बोझ मात्र थपेको बताएका छन् । उनले साना र टुक्रे योजनाको कार्यान्वयनको विगतको अवस्थाले प्रतिफल शून्य देखाएको उनले बताए । आइतबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै मन्त्री तामाङले प्रदेशको विकासका लागि वितरणमुखी नभई प्रतिफलमुखी बजेट आवश्यक रहेकोमा जोड दिए ।

मन्त्री तामाङले आर्थिक कार्यविधि ऐन २०७४ को अधिकार प्रयोग गरी बजेट परिमार्जन गरिएको उनको भनाई छ । उनका अनुसार २०८२ भदौ २३ र २४ गतेको आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माण र सिर्जना भएका पूँजीगत दायित्वहरू भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्न १० देखि ५० प्रतिशत सम्म बजेट कटौती गर्नुपरेको उनले बताए।

मन्त्री तामाङले ३७ वटा बजेट शीर्षक मध्ये २० वटामा प्राविधिक एवम् इन्ट्री त्रुटि भएको उनले स्वीकार गरे । मन्त्री तामाङले प्रदेशमा १० लाख मुनिका योजनाहरूको सङ्ख्या १ हजार ४०० भन्दा बढी रहेको र तिनले ५४ अर्बको दायित्व सिर्जना गरेको बताए। टुक्रे बजेटले प्रतिफल नदिने भएकाले १० लाख मुनिका १० अर्ब बराबरका योजनाहरू खारेज गरेर प्रत्येक जिल्लामा १–१ अर्बका ठुला आयोजना चलाउनुपर्ने उनको भनाई छ ।

‘१ लाख रुपैयाँ काट्नुपर्ने ठाउँमा कर्मचारीबाट १०० लाई १००० इन्ट्री हुँदा १० लाख नै काटिन पुगेको देखियो । मन्त्रीको हैसियतले यसको जिम्मा म लिन्छु र यस्ता त्रुटिहरू सच्याइनेछ ।’ उनले भने, ‘एउटा खानेपानी योजना सक्न ६ करोड लाग्छ तर हामी वर्षको १० लाख मात्र हाल्छौँ । यसरी त योजना सक्न १०० वर्ष लाग्छ।’

मन्त्री तामाङले प्रदेश सरकारको खर्च न्यूनीकरण गर्न प्रशासनिक पुनर्संरचनाको प्रतिवेदन तयार भइसकेको बताए । मन्त्रालयको सङ्ख्या घटाउने, सेवा केन्द्रहरू परिमार्जन गर्ने र कर्मचारी कटौती गरी प्रशासनिक बोझ कम गर्ने योजना यसै हप्ता सार्वजनिक गरिने उनले बताए।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »