श्रमदानले नेपालीको मन एकीकरण गर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन् । आइतबार पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले धरानबाट सुरु गरेको श्रमदान अहिले दार्चुला पुगेको पनि बताए ।

‘श्रमदान देशको लागि गर्नुपर्छ । पहिला–पहिला पनि श्रमदान हुन्थ्यो तर कहिलेकाहीँ हुने गर्दथ्यो’, अध्यक्ष साम्पाङले भने, ‘तर प्रत्येक हप्ता श्रमदान गर्ने पहिलो अभियानकर्ता हुँजस्तो लाग्छ  ।’ उनले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरे पनि मन एकीकरण नगरेको आफूलाई अनुभूति भएको भन्दै नेपालीहरूको मन एकीकरण गर्ने अभियान श्रमदान अभियान भएको धारणा राखे ।

‘श्रमदानको अभियानमा को ठुलो,को सानो भन्दाभन्दै, एउटै ठुलो भाँडोमा भात पकाएर खान्छौ’, साम्पाङले भने, ‘ त्यसले हाम्रो समाजमा देखिएका विभेदको अन्त्य गर्छ ।’ उनले मलामीमा मात्रै भेट्ने समाज देश बनाउने काममा पनि भेट्नुपर्छ भन्ने मान्यताअनुसार श्रम संस्कृतिले श्रमदानको काम गरिरहेको बताए ।

विकास मात्र नभएर क्रान्तिकारी विकास चाहिएको भन्दै सांसद समेत रहेका साम्पाङले चेतना र जागरणको समेत विकासका लागि श्रमदानबाट धेरै कामहरू गर्ने पक्षमा रहेको र पार्टीको समेत सोही अनुसार नीति कार्यक्रम रहेको बताए । श्रमदानकै माध्यमबाट आफूहरूले धरानमा झन्डै एक अर्बको सम्पत्ति जोडेको तथा पलायन भएको पुँजी समेत फर्कने अध्यक्ष राईले बताए।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »