दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन

सुर्खेत । दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सकिएको छ । कर्णालीको लोक नृत्य तथा संस्कृति प्रवर्द्धनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्मलनको आयोजना गरेको हो ।

शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको सम्मेलनमा कर्णालीका सात जिल्लाका लोकसंस्कृति झल्कने नृत्य, लोकनाटक र झाँकी प्रस्तुत गरिएको थियो ।

नेपाली भाषा र संस्कृतिको उद्गमस्थल मानिने दैलेखमा आयोजित यस सम्मेलनले कर्णालीको कला–संस्कृतिको संरक्षण, सवर्द्धन र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने कर्णाली प्रदेशका समाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदीले नौमुलेमा सम्मेलन गरी यहाँको बहुभाषी सांस्कृतिक अवस्थालाई उजागर गर्न मद्दत पुगेको बताए ।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमालले कर्णालीका १० वटै जिल्लाका मौलिक लोक नृत्य तथा लोक नाट्य एउटै मञ्चमा प्रस्तुत गरिएको बताए ।

‘सम्मेलनमा कर्णालीको लोक नृत्य तथा संस्कृतिको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे छलफल भएको छ’ उनले भने, ‘कर्णालीका सात जिल्लाका स्रष्टा तथा कलाकारहरूलाई सम्मान गरिएको र यहाँका मौलिक कला, लोकसंगीत, नृत्य र नाट्य प्रस्तुति गरिएका छन् ।’

कर्णाली प्रदेशमा मौलिक कला–संस्कृति धनी भए पनि यसको संरक्षण र प्रवर्द्धन अपेक्षित रूपमा हुन सकेको छैन । पुस्तान्तरणको अभावले मौलिक कला लोप हुने जोखिम बढेकाले यस्तो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएका छन् ।

सम्मेलनमा मुगुबाट ‘चम्पा’ नाँच, दैलेखबाट राउटे नाच तथा दुल्लुदराको माझखण्डबाट धमारी नाच प्रस्तुत गरिएको थियो । जुम्लाको खाँडो नाचसँगै कर्णालीको कथा बोकेको लोकनाटक प्रस्तुत गरिएको थियो । जाजरकोटको वीरता र युद्धकला झल्कने खाँडो नाच प्रस्तुत गरेको थियो भने सल्यानको दार्मा गाउँपालिकाबाट सल्यानी टप्पा, सुर्खेतबाट झ्याउरे नृत्य र कालिकोटबाट हुड्क्यौलीसहित देउडा खेल प्रस्तुत गरिएको थियो ।

नौमुले गाउँपालिकाबाट मारुनी, सोरठी तथा पञ्चेबाजासहित नयाँ पुस्ताका लोकप्रिय गीतहरूमा आधारित प्रस्तुति पनि देखाइएको थियो । सम्मेलनमा कर्णालीको लोकनृत्य र संस्कृतिबारे अध्येता राजबहादुर कुँवरले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि प्राज्ञ सदस्य प्रा.डा. मधुसूधन गिरी, लोकनृत्य सम्राट कुलमान नेपाली लगायतले टिप्पणी गरेका थिए ।

कर्णालीका कलाकारसँगै राष्ट्रियस्तरका चर्चित कलाकारहरूको पनि प्रस्तुति रहेको थियो । कार्यक्रममा टिका पुन, विनोद विक, सुकदेव अधिकारी, सपना शाही, संगीता बडुवाल, टेकराज भण्डारी तथा ‘द भ्वाइस अफ नेपाल’को सातौं संस्करणकी विजेता निता थापा मगरको प्रस्तुती रहेको थियो ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »