दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन

सुर्खेत । दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सकिएको छ । कर्णालीको लोक नृत्य तथा संस्कृति प्रवर्द्धनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्मलनको आयोजना गरेको हो ।

शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको सम्मेलनमा कर्णालीका सात जिल्लाका लोकसंस्कृति झल्कने नृत्य, लोकनाटक र झाँकी प्रस्तुत गरिएको थियो ।

नेपाली भाषा र संस्कृतिको उद्गमस्थल मानिने दैलेखमा आयोजित यस सम्मेलनले कर्णालीको कला–संस्कृतिको संरक्षण, सवर्द्धन र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने कर्णाली प्रदेशका समाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदीले नौमुलेमा सम्मेलन गरी यहाँको बहुभाषी सांस्कृतिक अवस्थालाई उजागर गर्न मद्दत पुगेको बताए ।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमालले कर्णालीका १० वटै जिल्लाका मौलिक लोक नृत्य तथा लोक नाट्य एउटै मञ्चमा प्रस्तुत गरिएको बताए ।

‘सम्मेलनमा कर्णालीको लोक नृत्य तथा संस्कृतिको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे छलफल भएको छ’ उनले भने, ‘कर्णालीका सात जिल्लाका स्रष्टा तथा कलाकारहरूलाई सम्मान गरिएको र यहाँका मौलिक कला, लोकसंगीत, नृत्य र नाट्य प्रस्तुति गरिएका छन् ।’

कर्णाली प्रदेशमा मौलिक कला–संस्कृति धनी भए पनि यसको संरक्षण र प्रवर्द्धन अपेक्षित रूपमा हुन सकेको छैन । पुस्तान्तरणको अभावले मौलिक कला लोप हुने जोखिम बढेकाले यस्तो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएका छन् ।

सम्मेलनमा मुगुबाट ‘चम्पा’ नाँच, दैलेखबाट राउटे नाच तथा दुल्लुदराको माझखण्डबाट धमारी नाच प्रस्तुत गरिएको थियो । जुम्लाको खाँडो नाचसँगै कर्णालीको कथा बोकेको लोकनाटक प्रस्तुत गरिएको थियो । जाजरकोटको वीरता र युद्धकला झल्कने खाँडो नाच प्रस्तुत गरेको थियो भने सल्यानको दार्मा गाउँपालिकाबाट सल्यानी टप्पा, सुर्खेतबाट झ्याउरे नृत्य र कालिकोटबाट हुड्क्यौलीसहित देउडा खेल प्रस्तुत गरिएको थियो ।

नौमुले गाउँपालिकाबाट मारुनी, सोरठी तथा पञ्चेबाजासहित नयाँ पुस्ताका लोकप्रिय गीतहरूमा आधारित प्रस्तुति पनि देखाइएको थियो । सम्मेलनमा कर्णालीको लोकनृत्य र संस्कृतिबारे अध्येता राजबहादुर कुँवरले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि प्राज्ञ सदस्य प्रा.डा. मधुसूधन गिरी, लोकनृत्य सम्राट कुलमान नेपाली लगायतले टिप्पणी गरेका थिए ।

कर्णालीका कलाकारसँगै राष्ट्रियस्तरका चर्चित कलाकारहरूको पनि प्रस्तुति रहेको थियो । कार्यक्रममा टिका पुन, विनोद विक, सुकदेव अधिकारी, सपना शाही, संगीता बडुवाल, टेकराज भण्डारी तथा ‘द भ्वाइस अफ नेपाल’को सातौं संस्करणकी विजेता निता थापा मगरको प्रस्तुती रहेको थियो ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »